इटहरीः उद्योग वाणिज्य संघ इटहरीको आयोजना तथा इटहरी मदिरा व्यावसायी संघको सह–आयोजनामा इटहरीमा बुधबार(भोली)  रक्तदान हुने भएको छ । 

इटहरीमा सक्रिया सामाजिक संस्थाहरु तथा प्रहरी समेतको सहयोगमा भव्य रक्तदान कार्यक्रमको आयोजना गर्न लागिएको उद्योग वाणिज्य संंघ इटहरीका अध्यक्ष जिवन पराजुलीले बताए । 

बजारमा बढ्दो रक्तअभावलाई पुर्ती गर्न रक्तदान कार्यक्रमको आयोजना गर्न लागिएको र यसमा इटहरीका सक्रिय उद्योग व्यावसायी तथा वस्तुगत संघ तथा संगठनले समेत साथ दिने भएको पराजुलीले बताए । उद्योग वाणिज्य संघ इटहरी मुख्य आयोजक रहेको रक्तदान कार्यक्रमलाई इटहरी मदिरा व्यावसायी संघले सहआयोजकको भुमिका खेल्ने भएको छ । सहयोगी संस्थाहरुमा जेसिस, इलाका प्रहरी इटहरी , गृल तथा स्टिल, मुद्रण उद्योग संघ, रेडिमेड कपडा तथा जुत्ता चपप्ल, धुलीखेल सेवा समाज, औषधि व्यावसायी संघ लगायत छन्  ।