इटहरीः रेडिमेड व्यावसायी संघ इटहरीको कार्यसमितिका उपाध्यक्ष सहित ११ जना पदाधिकारीले सयुक्त रुपमा राजिनामा दिएका छन् । 

संघका अध्यक्ष विनोद श्रेष्ठको कार्यशैली प्रति असहमति जनाउँदै ११ जनाको सिंगो  कार्यसमितिले महासचिव मार्फत राजिनामा पेश गरेका हुन ।

गत माघ २८ गते सम्पन्न भएको उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनमा रेडिमेड व्यावसायीसंघको तर्फबाट उम्मेद्वार बनेका बुद्धिकान्त सुवेदीलाई जिताउने आफ्नो क्षेत्रबाट अधिकार लिएका अध्यक्षले आफ्नो प्रतिनिधिलाई समेत मतदान नगरेको भन्दै उनिहरुले आपत्ति जनाएका हुन । 

292706177_410933294410172_8430499381342317564_n

अध्यक्षलाई बारम्बार स्पष्टिकरण सोध्दा पनि चित्तबुझ्दो जवाफ नआएको कार्यसमितिका पदाधिकारहिरुको तर्क छ । 

अध्यक्षबाट पटक पटक गल्ति दोहोर्याउने काम भएको र संघलाई निकम्बा बनाउन लागिपरेको उनिहरुको तर्क छ । यस्ता अध्यक्षको मातहतमा बसेर कामगर्न आफुहरुलाई अप्ठ्यारो भएको बताउँदै उनिहरुले राजिनामा बुझाएका हुन । 

सामुहिक राजिनामा बुझाउनेमा उपाध्यक्ष बुद्धिकान्त सुवेदी, नगेन्द्र विष्ट, सचिव दामोदर रिमाल, सदस्यहरु महेन्द्र गुरागाई, सुमन भट्टराई, लिलम खड्का, अरुणा थापा, दिपक खड्का, मदन ढकाल, प्रमिला पराजुली र रुपन खतिवडा रहेका छन् । उनिहरुले राजिनामाको कपि जिल्ला प्रसासन कार्यलय र उद्योग वाणिज्य संघ इटहरीलाई बोधार्थ गरेका छन् ।

346143123_1195843694436200_5192380576069532432_n