इटहरीः प्रतिदिन बढीरहेको गर्मीबाट केही मात्रामा सर्वसाधारण नागरिकलाई राहत होस् भन्ने उद्धे्श्यले पूर्बैली समाजको केन्द्रिय समितिको आयोजना र पूर्बेली क्लब इटहरीको व्यवस्थापनमा इटहरी उपमहानगरपालिका कार्यालयको मूलगेट अगाडि निःशुल्क चिसो पानी वितरण सुरु गरिएको छ । 

आइतबारबाट पूर्बेली समाज इटहरी शाखाको सञ्चालनमा सुरु गरिएको निःशुल्क पानी वितरण कार्यक्रम गर्मी रहुन्जेलसम्म राजमार्गमा हिड्ने इटहरी उपमहानगर कामका लागि आउने लगायत सर्वसाधारणलाई वितरण गरिँदै आएको पूर्बेली समाज इटहरी शाखाका अध्यक्ष राजेश भण्डारीले बताए । 

345264847_960143728641424_4158331779740082487_n

उनका अनुसार धेरै गर्मी बढ्दा पनि स्थानीय सरकारले चिसो पानी निःशुल्क वितरण गर्ने बिषयमा वेवास्था गरेकाले एउटा निःस्वार्थ भावनाले सामाजिक भावका साथ समाजले पानी वितरण कार्य थालेको हो । 

दैनिक रुपमा २ सय लिटरबढी चिसो पानी ४ जना स्वय्म सेवकहरु खटाएर वितरण गरिरहेको उनले बताए । बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म पानी वितरण कार्य चलिरहने उनको भनाई छ । 

समाज स्थापना भए यता सामाजिक कार्यमा निकै सक्रिय हुँदै आएको छ । यसअघि पनि बिभिन्न खालका समाजिक कार्य्हरु समाजले सम्पन्न गरिसकेको छ । 

350360732_3421363634805104_3746978627076179709_n