इटहरीः धनकुटा जिल्लाको महालक्ष्मी–४ चानुवामा लामो समय अध्यापन गरी सेवानिवृत्त भएका तोर्णबहादुर खड्काले आफ्नो पहिलो साहित्यिक कृति सार्वजनिक गरेका छन् ।

विभिन्न समयमा लेखिएका ६५ वटा कविता सो सङ्ग्रहमा समावेश भएको खड्काले बताए । ‘अबको पालो युवाको’ नामक सो कविता सङ्ग्रह व्यङ्ग्य भावमा लेखिएको खड्काले बताए ।

‘कवितामा मैले अरुका साथै आफैंलाई पनि घोचेर लेखेको छु’ खड्काले भने, ‘पहिलो प्रयास भएको हुनाले गल्ती भएको भए सबैको सुझावको अपेक्षा गरेको छु ।’

कार्यक्रमका प्रमुख अतिथि प्रा.डा. केशव खड्कालगायतले कृतिको विमोचन गरेका थिए । विमोचन कार्यक्रममा कृषि वैज्ञानिक तथा साहित्यकार चित्रध्वज खड्का, लकाइ खड्का समाजका केन्द्रीय अध्यक्ष गोबद्र्धन खड्का, भूगर्भविद् गणेश जिमी, अधिवक्ता रामजी कोङ्रेन तथा काठमाडौंमा अस्थायी तथा स्थायी रुपमा बस्ने चानुवावासीलगायतको उपस्थिति थियो ।

पुस्तक चाँडै नै देशभर उपलब्ध हुने खड्काले बताए ।

des yubako ho  (3) des yubako ho  (1) des yubako ho  (2)