रौतहटः गौर नगरपालिका पुर्वमेयर अजय गुप्ताले संचालन गरेको होटल सिया प्यालेसमा गएराती १२ बजे प्रहरीको टोलीले छापा मारेको छ ।

गएराती एकाएक एकजना युवतीले आफ्नो सुरक्षाको माग गर्दै प्रहरीलाई गुहार गरेकी थिइन् । उनले फोनमार्फत नै प्रहरीसँग हारगुहार मागिन् । युवतीले गुहार मागे लगत्तै प्रहरीको टोली उनको उद्दारका लागि होटलमा पुग्यो । युवतीको सकुशल उद्दार गर्न लागि प्रहरीले होटलमा प्रवेश गर्न खोज्दा अवरोध गरियो ।

त्यसपछि करिब एकबजे राती प्रहरी उपरीक्षक महेन्द्र कुमार श्रेष्ठ र प्रजिअ धर्मेन्द्र कुमार मिश्र सिया प्यालेसमा पुगेका थिए । सिडिओ र एस्पिको टोली होटलमा पुग्दा दुई दर्जनभन्दाबढी युवायवुतीहरुको भिड जमेको थियो ।

उनीहरुले मदिरा सेवन गरेका कारण कोहि होसमा थिएनन् । त्यहीमाझकी एक युवतीले भने आफुलाई जोगाइदिन भन्दै प्रहरी समक्ष याचना गरेकी थिइन् । अचानक होटलमा प्रहरीको टोलीले प्रवेश गरेपछि पनि त्यहाँको माहोल शान्त भएको थिएन । आफ्नो क्षणिक मनोरञ्जनमा मदिराले लठ्ठ भएर रमाइरहेका युवाहरुको माझ दर्जनौं टिकटक स्टार जो सिया प्यालेसको नियमित ग्राहक टोली बनेका थिए । प्रहरीले उनीहरुलाई आफ्नो नियन्त्रणमा लिएको छ ।

रौतहट को यो १२ वर्षको समयावधिमा घटेको यो पहिलो घटना हो, जुन मध्ये रातमा नागरिकको हारगुहारलाई रेस्पोन्स गरेर प्रहरी उपरीक्षक कै टोलिले ती युवतीलाई उद्दार ग(यो । मान्छे बस्ने कोठा मात्रै दिने यस होटलमा पछिल्ला दिनहरुमा जुवा तास मात्रै खेलाइदैन । भारत र नेपाल कै कतिपय युवतिहरुलाई पनि प्रयोग गरेर यौनजन्य कृयाकलाप गराउदै आएको नागरिक समाजको आरोप छ ।

मेयर गुप्ता संचालक रहेको होटलमा यौनजन्य धन्दा चल्ने गरेको आरोप लागिरहेको भएपनी राजनीतिक आडले कसैले पुर्वमेयरलाई तोकेर भन्न नसकेको श्रोतको दाबी छ । होटेलमा हरेक दिन जुवा र तास मात्रै होइन मदिराले मस्त ग्राहकलाई नै युवतीसहितको संगीतले मनोरञ्जन दिलाउने सेवा पनि दिइरहेको स्थानीय बताउँछन् । त्यस्ता कृयाकलापहरुले गौर वरपरका वातावरणलाई नै प्रदुषण गराएको भन्दै पटक–पटक आरोप खेप्दै आएपनी होटल सञ्चालक कार्वाहीको दायरामा कहिल्यै नआएको स्थानीयको गुनासो छ ।

संविधान सभाको उम्मेदवार समेत भएका पुर्वमेयर गुप्ताले भिरेको मुकुन्डोको भेद एक स्वाभिमानी युवतीले मध्येरातमा प्रहरी समक्ष आफुलाइ जोगाइदिन गरेको आग्रहले बिगतको धन्दालाई उजागर गराएको प्रष्ट भएको छ । प्रहरी उपरीक्षक महेन्द्र कुमार श्रेष्ठ र प्रजिअको टोलीले गएराति होहल्ला गरेको आरोपमा डेढ दर्जन मनोरञ्जनकारीलाई नियन्त्रणमा लिइसकेको छ । त्यस मध्यमा थुप्रै टिकटक स्टार परेका छ्न । पक्राउ परेकाहरुमाथि थप अनुसन्धान गर्नका लागि हाल हिरासतमा राखिएका छन् ।

जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख श्रेष्ठले भने,‘सिया प्यालेस होटेलमा मदिरा सेवन गरि होहल्ला तथा अभद्र व्यवहार गरेको आरोपमा टिकटक स्टार पक्राउ परेको सत्य हो । यस्तो गलत धन्दा संचालान गराउने र संलग्न सबैका बिषयमा अनुसन्धान भइरहेको छ । यसमा निष्पक्ष छानबिन हुन्छ ।’

सम्पत्ति न्यूजले यस बिषयमा प्रजिअ मिश्रसँग सम्पर्क गर्न खोज्दा उनको फोन सम्पर्क हुन सकेन । पक्राउ पर्नेमा गरुडा नगर पालिका वडा नम्बर १ जयनगरका राज कुमार साह सहितका टिकटक स्टार रहेका छन । पक्राउ गरिएका सबै दोषि नरहेको भन्दै घटना थपबारे अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक श्रेष्ठले बताए ।

सिया प्यालेस होटलमा बसेका महिलाको कोठा ढक्कयाई ढोका खोल्न लगाउने तथा अभद्र व्यबहार गरेको आरोपमा उनीहरुलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ। विहिवार राति १२ बजे सम्म होटलको तलको हलमा अश्लील नृत्य तथा माथिल्लो कोठामा यौनजन्य क्रियाकलाप सहित होहल्ला भई रहेको सुचना स्थानिय प्रशासनले पाएपछि प्रहरीसँगै प्रहरी उपरीक्षक श्रेष्ठ र प्रजिअ मिश्र त्यहाँ पुगेका थिए । अश्लील नृत्यमा मनोरञ्जन लिन भारु ३५ हजारको टिकट काटेर प्रवेश गराइएको छ । घटना स्थलमा प्रहरीको छाया पर्नासाथ कतिपयको भागाभाग भएको राधेश्याम साहले बताए । स्मरण रहोस् होटल सञ्चालक पूर्वमेयर गुप्ता पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसँग प्रतिनिधिसभाको चुनावमा एमालेका तर्फबाटका प्रतिस्पर्धी बनेका निकटतम् पराजित उम्मेदवार हुन् ।