काठमाडौंः पशुपतिनाथ मन्दिरमा जलहरी राख्ने क्रममा सुन हिनामिना गरेको आरोपमा पशुपति क्षेत्र विकास कोषका तत्कालीन सदस्य सचिव र तत्कालीन कोषाध्यक्षविरुद्ध एक करोड १७ लाखभन्दा बढी रकम भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइतबार विशेष अदालत काठमाडौँमा तत्कालीन सदस्य सचिव डा। प्रदीपकुमार ढकाल र तत्कालीन कोषाध्यक्ष हाल सदस्य सचिव मिलनकुमार थापाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

384498761_994521288479477_6717702784570755973_n

अख्तियारका प्रवक्ता भोला दाहालका अनुसार ढकाल र थापाले जलहरी राख्ने क्रममा एक किलो ४९१।७१८ ग्राम सुन हिनामिना गरेको भन्दै त्यसबापतको एक करोड १७ लाख एक हजार ७८१ रुपियाँ ८५ पैसा भ्रष्टाचार गरेको अभियोग लगाइएको छ । 

अख्तियारले पशुपति क्षेत्र विकास कोषका तत्कालीन बिशेट नाइके (स्टोरकिपर)अरुणकुमार श्रेष्ठविरुद्ध पनि विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।