काठमाडौँः नेकपा (एकीकृत समाजवादी)ले समाजवादी जागरण अभियानको तेस्रो दिनसम्म एक हजारभन्दा धेरै नेता कार्यकर्ता पार्टीमा प्रवेश गराएको छ। 

समाजवादी जागरण अभियानको तेस्रो दिनसम्म पार्टीले करिब १२ सय नेता कार्यकर्ता भित्र्याएको हो। अभियानको तेस्रो दिन सप्तरीको छिन्नमस्ता, चन्ही, सिरहाको भगवानपुरलगायतका स्थानबाट ६५० भन्दा धेरै पार्टीमा प्रवेश गरेको उपमहासचिव जगन्नाथ खतिवडाले जानकारी दिए। 

kk1696341348 (1)

एमाले, कांग्रेस, माओवादीलगायत विभिन्न पार्टीबाट हजारौंको संख्यामा समाजवादी पार्टीमा समाहित भइरहेका छन्। पहिलो र दोस्रो दिन पाँच सयभन्दा बढीले पार्टी प्रवेश गरेको उपमहासचिव खतिवडाको भनाई छ। 

समाजवादीले अभियानको तेस्रो दिनसम्म आइपुग्दा झापा, मोरङ, सुनसरी, सप्तरी र सिरहामा गरी १३ वटा साना–ठूला सभा सम्पन्न गरेको छ।

नवप्रवेशीलाई पार्टी अध्यक्ष माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल, उपाध्यक्ष, महासचिव, उपमहासचिव, सचिवलगायतले स्वागत गरेका थिए।