काठमाडौंः नेपाल पर्यटन बोर्डका उपाध्यक्ष एवम् पर्यटन व्यवसायी चन्द्र रिजालले नेकपा एमालेको उपत्यका विशेष प्रदेश कमिटीको अध्यक्षका लागि शुक्रबार उम्मेद्वारी दर्ता गराएका छन् ।

वर्तमान अध्यक्ष प्रेमकुमार पराजुलीले पनि अध्यक्ष पदका लागि उम्मेद्वारी दर्ता गराएका छन् । पराजुली पूर्व कर्मचारी हुन् भने रिजाल विद्यार्थी राजनीतिबाट आएका पुराना एमाले नेता हुन् । रिजाललाई अध्यक्ष बन्नबाट रोक्न केही नेताले केन्द्रीय कार्यालयको निर्देशन भन्दै प्रेम पराजुलीलाई पुनः उम्मेदवार बनाएपछि निर्वाचन हुने भएको हो ।

२०५३ सालको स्ववियु निर्वाचनमा गगन थापासँग त्रिचन्द्र क्याम्पसमा सभापति लडेका रिजाल निरन्तर एमालेको राजनीतिमा निस्वार्थका साथ लागिरहेका छन् । दश वर्षको उमेरदेखि २८ वर्षसम्म अनेरास्ववियुका प्रारम्भिक कमिटीदेखि केन्द्रीय कमिटीसम्म सक्रिय रिजाल २०४६ सालमा नेकपा (माले)को युथ लिगमा संगठित भएका थिए । २०४७ सालमा पार्टीको संगठित सदस्यता प्राप्तिपछि उनले पार्टीको ईलाका कमिटीमार्फत् सांगठानिक जीवन सुरु गरेका थिए ।

उनको पार्टी प्रतिको योगदान, त्याग र क्षमता लगानीलाई कम आक्न नै मिल्दैन । उनलाई अध्यक्षको उम्मेदवार बनाई विजयी गराउँदा एमाले पार्टीलाई उपत्यकामा थप शसक्त बनाउन महत्वपूर्ण सहयोग पुग्ने उनलाई नजिकबाट चिने जानेका र बुझेका अग्रज नेताहरुले बताएका छन् । पार्टीलाई वर्षौदेखि तल्लो तहको कमिटीदेखि नै योगदान गर्नेहरुलाई नै नेतृत्व सुम्पदा पार्टी, नेता र कार्यकर्तामाथि न्याय हुने उनीहरुको भनाई छ । त्यसका लागि पर्यटन लगायत देशको हरेक क्षेत्रलाई नजिकबाट राम्रोसँग बुझेका रिजाल नै उपयुक्त उम्मेदवार भएको उनीहरूको भनाई छ ।

उनले पार्टीको मात्रै होइन, सरकारी तथा गैर सरकारी निकायमा धेरै पटक कुशल नेतृत्व गरिसकेका छन । उनीसँग नेतृत्व तहमा रहेर सकरात्मक ढंगबाट कसरी राम्रो रिजल्ट दिन सकिन्छ भन्ने ज्ञान निकै राम्रो छ ।

पार्टी केन्द्रीय सदस्य तथा उपत्यका विशष प्रदेश कमिटीको उपसचिव रहेका रिजाल ट्रेकिङ एजेन्सिज एसोसियन नेपालको पूर्वअध्यक्ष पनि हुन् । एमालेलाई थप सुदृढ र उत्पादनसँग जोड्ने नीति अँगालेका रिजालले आफ्नो मर्यादा, अनुशासन र सीमालाई ख्याल गरेर व्यवस्थित रूपमा कार्य अघि बढाउने बताएका छन् । कमिटीको सचिवमा मिलन धरेल र चिरञ्जीवी पौडेलबीच प्रतिस्पर्धा हुने भएको छ । करिब साढे ३ सय प्रतिनिधि अधिवेशनमा सहभागी छन् ।

उपत्यका विशेष प्रदेश कमिटीमा विभिन्न पेशागत संघ संगठन र युवा विद्यार्थीका काठमाडौं उपत्यका केन्द्रित कमिटीहरू आबद्ध छन् । यस प्रदेश कमिटी मातहत बुद्धिजीवी विशेष, मजदुर, विद्यार्थी र उद्योग-व्यवसाय गरी चार जिल्ला कमिटी र ५८ इलाका कमिटी रहेका छन् ।

एमालेका अधिकांश भौगोलिक प्रदेश कमिटीका अधिवेशन सकिन लाग्दा पूर्वनिर्धारित तालिका अनुसार गैह्र भौगोलिक र बुद्धिजीवी-कर्मचारी क्षेत्रका सदस्य आबद्ध यस प्रदेश कमिटीको अधिवेशन चलेको हो । काठमाडौंको भृकुटीमण्डपमा शुक्रबार भएको अधिवेशनको अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गरेका थिए ।