इनरुवाः   कोशी ब्यारेज  पुलमा दाउरा सङ्कलन गर्ने क्रममा आइतबार राती एक बालक बेपत्ता भएका छन् । कोशी ब्यारेज  पुलमा भालासहित दाउरा सङ्कलन गर्ने क्रममा दाउरासँगै पुलबाट खसेर एक बालक बेपता भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ  ।

स्थानीयवासी देवराज यादवको अनुसार कोशी ब्यारेज  पुलमा दाउरा सङ्कलन गर्ने भारतीय १६ वर्षीय बालक रुपेश सदा बेपत्ता भएको सुनसरीका प्रहरी नायब उपरीक्षक नवीनकृष्ण भण्डारीले जानकारी दिए ।

सदाको शव हालसम्म फेला नपरेको प्रहरीले जनाएको छ ।  कोशीको सप्तरी खण्डको पुलमा घटना भएको प्रहरीले जनाएको छ । उनको खोजी कार्य जारी रहेपनि अवस्था अज्ञात नै छ ।