काठमाडौंः ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान)को अध्यक्षमा सागर पाण्डे  विजयी भएका छन् । अध्यक्षका अर्का प्रत्याशी राजेन्द्र सापकोटालाई पराजित गर्दै सापकोटा विजयी भएका हुन् । पाण्डेले ५८० मत पाउँदा सापकोटाले ४८० मत प्राप्त गरेका छन् ।  

यस्तै महसचिवममा पाण्डे समुहकै सोनाम ग्यल्जेन शेर्पा ५५० मत ल्याई विजयी भएका छन् । उनले सापकोटा समूहका राजेन्द्र प्रसाद सुबेदीलाई पराजित गरेका हुन् ।

वरिष्ठ उपाध्यक्षमा पाण्डे समूहका चोलेन्द्र कार्कीलाई पराजित गर्दै कर्मा शेर्पा ५५८ मतका साथ विजयी भएका छन् ।  प्रथम उपाध्यक्षमा सापकोटा समूहका विष्णुप्रसाद लम्साल (५३५) र द्वितीय उपाध्यक्षमा सनम शेर्पा (५४४) विजयी भएका छन् ।

त्यस्तै सचिव पदमा रिञ्जी जाङबु शेर्पा (५९१), कोषाध्यक्षमा गौतम राज वाग्ले (५८३) र सहकोषाध्यक्षमा लाक्पा तेम्बा शेर्पा निर्वाचित भएका छन् । 

सदस्यहरूमा पवित्रा तामाङ अम्बिर बहादुर गुरुङ, विनोद तामाङ, होम बहादुर विश्वकर्मा, फुर्पु छिरिङ ल्होमी (भोटे)निर्वाचित भएका छन् ।

विजयी पदाधिकारीलाई प्रचण्डको बधाई

 नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान)को नवनिर्वाचित कार्यसमितिलाई बधाई दिँदै यो जितले अप्राकृतिक र असंवैधानिक गठबन्धनलाई दरो जवाफ दिएको बताएका छन् । 

समाजिक सञ्जालमार्फत उनले भनेका छन्– ुअध्यक्ष सागर पाण्डेलगायत टानमा निर्वाचित साथीहरूलाई हार्दिक बधाई छ।  तपाईँहरूको अथक मेहेनेत र जुझारु एकताले अप्राकृतिक र असंवैधानिक गठबन्धनलाई दरो जवाफ भएको छ। हार्दिक शुभकामना व्यक्त गर्दछु।ु

आज बिहान सार्वजनिक मतपरिणाम अनुसार अध्यक्षमा सागर पाण्डे  विजयी भएका छन् ।  उनी माओवादी केन्द्र निकट हुन् ।  पाण्डेले ५८० मत पाउँदा अध्यक्षका अर्का प्रत्याशी राजेन्द्र सापकोटा सापकोटाले ४८० मत प्राप्त गरे ।

यस्तै महसचिवममा पाण्डे समूहकै सोनाम ग्यल्जेन शेर्पा, वरिष्ठ उपाध्यक्षमा कर्मा शेर्पा र द्वितीय उपाध्यक्षमा सनम शेर्पा विजयी भएका छन् ।