प्रचण्डले हटाए,टान निर्वाचनले ‘अप्राकृतिक र असंवैधानिक गठबन्धनलाई दह्रो जवाफ’ दिएको भन्ने वाक्य

काठमाडौंः टानको हालै सम्पन्न निर्वाचनलाई लिएर प्रचण्डले आफ्नो फेसबुक स्टाटस परिवर्तन गरेका छन्। उनको प्रारम्भिक पोस्ट (बिहान ०८.४) र पछिल्लो पोस्ट (०९.४३)लाई राजनैतिक वृत्तमा एकप्रकारको कौतुहलता उत्पन्न भएको छ।

सोमबार सम्पन्न ट्रेकिङ एजेन्सिज एसोसियसन अफ् नेपाल (टान)को ४६ औं निर्वाचनमा नेकपा माओवादी केन्द्रका उम्मेदवार तथा पर्यटन व्यवसायी सागर पाण्डेको विजयपश्चात् उनले (टान)को हालै सम्पन्न निर्वाचनलाई ‘अप्राकृतिक र असंवैधानिक गठबन्धनलाई दरिलो झापट भएको’ टिप्पणी गरेका थिए।

उनले ०८.०४ बजे लेखेको प्रारम्भिक पोस्टमा भनेका थिए “शुभ प्रभात  बिहानै खुशीको खबर बाँड्ने अवसर मिल्यो। अध्यक्ष सागर पाण्डे लगायत टानमा निर्वाचित साथीहरूलाई हार्दिक बधाई छ। तपाईंहरूको अथक मेहनत र जुझारु एकताले अप्राकृतिक र असंवैधानिक गठबन्धनलाई दरिलो झापट दिएको छ। हार्दिक शुभकामना व्यक्त गर्दछु।”

prachanda-1st

पछिल्ला सार्वजनिक कार्यक्रमहरूमा वर्तमान गठबन्धन सरकार जनताको इच्छाको विपरीत चलिरहेको बताउँदै आएका प्रचण्डले सोमबारको टान निर्वाचनप्रति प्रतिक्रिया जनाउँदै ‘तपाईंहरूको अथक मेहनत र जुझारु एकताले अप्राकृतिक र असंवैधानिक गठबन्धनलाई दरिलो झापट दिएको छ’ भन्नुलाई चासोपूर्वक हेरिएको थियो।

prachanda-2nd

क. प्रचण्डको पोस्टको सम्पादन इतिहास (Edit History) ले टानको चुनाव लक्षित भएर प्रचण्डले गरेका ‘अप्राकृतिक र असंवैधानिक गठबन्धनलाई दरिलो झापट’लाई हटाइएको देखाउँछ । परिमार्जित पोस्टमा प्रचण्डले लेखेका छन्: “शुभ प्रभात! बिहानै खुशीको खबर बाँड्ने अवसर मिल्यो। अध्यक्ष सागर पाण्डे लगायत टानमा निर्वाचित सम्पूर्ण साथीहरूलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दछु।”

उनले पोस्ट किन परिमार्जन गरे भन्ने स्पष्टता खुल्न सकेको छैन, तर पर्यटन व्यवसायी र राजनीतिक विश्लेषकहरूले यसलाई ध्यानपूर्वक हेरिरहेको पाइएको छ।