काठमाडौंः ऋणले थला परेर कार्यालय भवन नै बिक्री गर्ने अवस्थामा पुगेको ट्रेकिङ एजेन्सी एसोसिएसन अफ् नेपाल (टान)लाई ऋण मुक्त गराएर नीलहरि बास्तोलाको निर्वतमान टिम मंगलबार सागर पाण्डे नेतृत्वको नयाँ टिम आएसँगै विदा भएको छ ।

१ करोड ५० लाख घाटामा रहेको  टानलाई दुई बर्से कार्यकालमा ५० लाख भन्दा बढी नाफा दिलाएर बास्तोला नेतृत्वको बिदा भएको हो ।। 

38d45d38-42ed-4021-bb28-b099f1119a23

दुई वर्षअघि टानको अध्यक्ष सहितको टिम विजयी भएर आउँदा बास्तोला अघिको टिमले १ रोड ५० लाख ऋण थोपरेको थियो । अथक प्रयासबाट स्थानीय, संघीय , प्रदेश सरकार र बिभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय संघ संस्थाहरुसँगको सहकार्यमा बिभिन्न कार्यक्रमको आयोजना गरि ऋणबाट मुक्त मात्र नभई नव निर्वाचित सागर पाण्डे नेतृत्वमो टिमलाई ५० लाख भन्दा बढी नाफा सुम्पिएर  बास्तोला सहितको टिमको विदाई भएको हो । 

47fb3f00-f75a-43a3-85af-106179416b4d

बास्तोला नेतृत्वको टानका कोषाध्यक्ष पुरुषोत्तम तिम्लसेनाका अनुसार टा नलाई ऋणमुक्त बनाउन निर्वतमान समितिको अथक मेहनत रहेको थियो । टा नलाई हरेक दृष्टिबाट नयाँ उचाईमा पुर्याउनका लागि निर्वतमान हुनु ५ दिनअघि मात्रै हेल्भीटाससँग पदमार्ग निर्माण र प्रर्बधनका लागि करिब अढाई  अर्ब बढीको सम्झौता पनि गरिएको निर्वतमान कोषाध्क्ष तिम्लसेनाले बताए । 

आफुहरुको कार्यकालमा २५ भन्दा बढी स्थानीय तहसँगको सहकार्य र साझेदारीमा टानले बिभिन्न कार्यक्रमहरु गरिरहेको उनले बताए । 

युएनडिपी, यूएसएड, हेल्भीटास लगायतका अन्तराष्ट्रिय विकास साझेदार संस्थाहरुसँग सम्भौता गरी बिभिन्न कार्यक्रमहरुको पनि सुरुवात आफुहरुकै कार्यकालमा भएको कोषाध्यक्ष तिम्लसेनाले जानकारी दिए । 

0d46be1c-b087-4e7a-bd4c-4e2e4dc3d366

पर्वतीय पर्यटनमा संलग्न जनशक्तिलाई थप सुरक्षित बनाउनका लागि ५ करोडको पदयात्रा व्यवसायी तथा श्रमिक उद्धार कोष स्थापना गर्ने निर्णय पनि निर्वतमान समितिले गरेको कोषाध्क्ष तिम्लसेनाले बताए । 

नक्सा पास नै नभएको टानको कार्यालय रहेको भवनको नक्सा पास गर्ने कार्यपनि निर्वतमान समितिले दुई बर्से कार्यकालमा सम्पन्न गरेको उनले जानकारी दिए । 

पछिल्लो समय स्थानीय तहले जथाभाबी मोटरबाटो खन्दा पदमार्गहरु मासिदै गएकाले पदमार्ग जोगाउनका लागि टानले २६३ स्थानीय तहलाई सम्बोधन गरी चिठ्ठी पठाउने कार्यपनि आफुहरुको समितिले गरेको कोषाध्यक्ष तिम्लसेनाले बताए । 

टानको निर्वतमान समितिले पर्यटन बोर्ड, युएनडिपी लगायतको साँझेदारी र स्थानीय तहको सहकार्यमा ६ वटा नयाँ पदमार्गहरुको अन्वेषण, दस्तावेजिकरण, प्याकेजिङ तथा प्रबन्र्धनका कार्यहरु सञ्चाल गरेको कोषाध्यक्ष तिम्लसेनाले जानकारी दिए ।

5aa8baa1-5eb9-4895-be24-9a76ed80da16

कोषाध्यक्ष तिम्लसेनाका अनुसार निर्वतमान समितिले गोरखा र लमजुङमा बुद्ध हिमाल—हिमालचुली ग्रेट लेक सर्किट पदमार्ग, म्याग्दी र मुस्ताङमा टोड्के धौलागिरी सेन्चुरी घासाँ लेते पदमार्ग, धादिङमा गंगाजमुना तिनसुरे पदमार्ग, सोलुखुम्बुमा एभेष्ट्र दुधकोशी साँस्कृतिक पदमार्ग, रामेछाप र सोलुखुम्बुमा उमाकुण्ड—दुधकुण्ड—ताते तेन्जिङ हिलारी पदमार्ग र कांभ्रे, रामेछाप ,दोलखामा चौरीदेउराली सैलुङ पदमार्गको े अन्वेषण, दस्तावेजिकरण, प्याकेजिङ तथा प्रबन्र्धनका कार्यहरु सञ्चालन गरेको हो ।

आफुहरुको कार्यकाल सकिन केही दिन अघि मात्रै कोशी प्रदेश अन्र्तगत मुन्धुम ट्रायल, फागुनन्द ट्रायल, टि गार्डेन ट्रेकिङ ट्रायल र लालीगुराँश ट्रायल(तीनजुरे मिल्के—गुफा पोखरी) को विकासका लागि हेल्भीटास नेपालसँगको सम्झौता पत्रमा हस्ताक्षर गर्ने अवसरपनि निर्वतमान कार्यसमितिलाई प्राप्त भएको कोषाध्यक्ष तिम्लसेनाले बताए ।