इटहरी/ लागूऔषध दुव्र्यसनबारे जानकारी दिने उद्देश्यले होटल प्रिमियरले आफ्ना विद्यार्थीका लागि सचेतनामूलक कार्यक्रम गरेको छ । स्कुलले विद्यार्थीका लागि सामाजिक उत्तरदायित्व अन्तर्गत सो कार्यक्रम गरेको जनाएको छ ।

स्कुलका प्रमुख सुनिल भुसालले विद्यालयका विद्यार्थी तथा अभिभावकलाई हरेक वर्ष लागूऔषधको प्रयोगले निम्तिने खतराबारे जानकारी दिने गरेको बताए । उनले भने, ‘हामी जिम्मेवार अभिभावक भएको हुनाले सोच्ने गरेका छौँ । हामी विद्यार्थीमात्र होइन, आफ्नो सन्तान सोचेर विद्यालयमा व्यावसायिक शिक्षा प्रदान गर्छौँ ।’

IMG_0501

विद्यार्थी तथा अभिभावकलाई इलाका प्रहरी कार्यालयका प्रमुख डिएसपी शिवकुमार श्रेष्ठले लागूऔषध प्रयोगको बेफाइदाबारे जानकारी दिएका थिए । उनले किशोरावस्थामा अरुको लहलहैमा लागेर हुने सक्ने जोखिमबारे जानकारी दिएका थिए । उनले लागूऔषधको प्रयोग, ओसारपसार तथा व्यापार गरेमा के कस्तो कानुनी दण्ड जरिवानको सजायँ हुन्छ भन्नेसमेत जानकारी दिएका थिए ।

युवा अवस्थामा हुन सक्ने जोखिम न्यूनीकरण गर्न र यस्तो नकारात्मक पाटोबाट कसरी बच्न सकिन्छ भन्ने बारेमा विद्यार्थी तथा अभिभावकलाई उनले जानकारी दिएका थिए । डिएसपी श्रेष्ठले कुनै पनि घरमा सन्तान नराम्रो बाटोमा लागेको छ भन्ने जानकारी पाउने अभिभावकले निगरानी गर्नुुपर्ने बताए । विद्यालय जाँदा, होस् वा घरभित्र अथवा अरु साथीको संगतमा पर्दा होस्, ऊ कस्तो बाटोमा हिँडिरहेको छ भन्ने बारेमा हरेक अभिभावक सचेत हुनुपर्ने उनको भनाइ थियो ।

सामाजमा लागूऔषध प्रयोगलाई न्यूनीकरण गर्न सके मात्र धेरै अपराध कम हुने हुनाले सबै मिलेर लागूऔषध प्रयोग क मगर्न लाग्नुपर्ने श्रेष्ठले बताए ।

IMG_0492 IMG_0498 IMG_0490