भेडेटारः प्रतिनिधि सभाका सदस्य राजेन्द्र राईले धनकुटा जिल्लालाई पर्यटनको आधारले चिनाउन कुनै पनि कसर बाँकी नराख्ने बताएका छन् ।

आजदेखि साँगुरीगढी गाउँपालिकाको नाम्जेमा शुरु भएको प्रथम माघे संक्रान्ति महोत्सवको उद्घाटन गर्ने क्रममा राईले यस्तो बताएका हुन् ।

उद्घाटन सत्रमा धेरै समयचाहिँ राईले आफ्नो पार्टीको तारिफमा खर्चिएका थिए ।

कार्यक्रममा मगर, राई, लिम्बूलगायत विभिन्न जातिका झाँकी प्रस्तुत गरिएको थियो । महोत्सवमा विभिन्न प्रकारका खानाका स्टल पनि राखिएको छ । महोत्सवमा स्थानीय तथा राष्ट्रिय कलाकारले साङ्गीतिक प्रस्तुति पनि दिने बताइएको छ ।

namje mahotsab  (2) namje mahotsab  (3) namje mahotsab  (10) namje mahotsab  (11) namje mahotsab  (6) namje mahotsab  (8) namje mahotsab  (13) namje mahotsab  (14) namje mahotsab  (15)

Maghesankranti Mahotsav namje