इलामः इलाम नगरपालिका–९ मा निर्माणाधीन सुकिलुम्बा विमानस्थलमा राखिएको स्काभेटरमा आगलागी भएको छ ।
एयरपोर्ट बनाउने क्रममा ३÷४ महिना अघि बिग्रिएर थन्किएको सुमोटुमो सिआर १३० मोडलको स्काभेटरमा आज साँझ साढे ५ बजे आगलागी भएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।
आगलागीको जानकारी पाउनासाथ तत्काल प्रहरी चौकी गोलखर्कबाट प्रहरी सहायक निरीक्षक र जिल्ला प्रहरी कार्यालय इलामबाट प्रहरी नायब उपरीक्षक टङ्कप्रसाद भट्टराईको नेतृत्वमा खटिएको टोलीले दमकलको सहयोगमा आगो नियन्त्रणमा लिएको छ ।
आगलागी भएको स्काटेभर पूर्ण रूपमा जलेको छ । स्काभेटरमा कसरी आगलागी भयो भन्ने विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय इलामका हवल्दार विजय राईले जानकारी दिए ।