इटहरीः इटहरीमा बिहीबारबाट शुरु भएको इटहरी फुड फेष्टिबल एन्ड टुरिजम फेयरमा हेलि टुर शुरु भएको छ । इटहरीको जनता माविको खेलमैदान भएको महोत्सवको हेलि टुर भने इटहरी रंगशालमा हुने आयोजक होटल व्यवसायी सङ्घका अध्यक्ष जीवन पराजुलीले बताए ।

इटहरीमा पहिलोपटक शुरु भएको हेलिकप्टरबाट सिटी टुरको लागि ४ हजार ९ सय ९९ रुपैयाँ शुल्क तोकिएको छ । इटहरीबाट ताप्लेजुङको पाथीभरा यात्राको लागि भने ३१ हजार रुपैयाँ तोकिएको आयोजकको भनाइ छ । शुक्रबारबाट शुरु भएको सिटी टुर दैनिक हुनेछ ।

२६, २७ र २८ गते भने पाथीभरा दर्शन गराउने होटल व्यवसायी सङ्घका वरिष्ठ उपाध्यक्ष तथा हेलि टुरका संयोजक गोविन्द थापाले बताए । माउण्टेन एयरसँगको सहकार्यमा इटहरीमा हेलि उडान भएको सङ्घका महासचिव उमेश दाहाल बताउँछन् ।

६० वटा विभिन्न खाद्यान्नका स्टल, दैनिक सांस्कृतिक कार्यक्रम, बाल उद्यान आदि समेटिएको ९ दिने महोत्सव फागुन ३ गतेसम्म हुनेछ ।

heli

hel