इटहरीः इटहरीमा जारी फुड फेस्टिबल एण्ड टुरिजम फेयरमा इटहरीबाटै ताप्लेजुङस्थित पाथीभरा देवी मन्दिरको हेलिकोप्टरमार्फत् दर्शन गर्ने व्यवस्था मिलाइएको छ ।
होटल व्यवसायी सङ्घ इटहरीले आयोजना गरेको सो फेस्टिबलमा धार्मिक पर्यटन प्रवद्र्धनका निम्ति आन्तरिक तथा बाह्य पर्यटकको सुविधाका लागि हिजोदेखि इटहरीको रंगशालाबाट पाथीभरा दर्शनको प्याकेज अघि सारिएको हो । ३१ हजार रुपैयाँ प्रतिव्यक्ति शुल्क रहेको सो प्याकेजअन्तर्गत इटहरीबाट गएका आन्तरिक पर्यटक पाथीभरा मन्दिर परिसरमा परेको हिउँमा रमाइरहेका हुन् ।