धनकुटाः १ दशक अघिसम्म सामान्य रूपमा रहेको धनकुटाको राजारानी यतिबेला भने आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा पर्न थालेको छ । राजारानीमा तालसहित नागबेली पार्क कालिझरना निर्माणसँगै पर्यटकीय गन्तव्य बन्दै गएको हो ।

एक दशक अघिसम्म ताल मात्र हेर्न पाइने धनकुटाको राजारानीमा अहिले भने तालसहित नागबेली पार्क, काली झरना, गुप्तेश्वर गुफा थप आकर्षण बनेका छन् ।

पार्कभित्रको ढुङ्गामा कुँदेर करिब ३५ फिट लम्बाइको जोडी नागको मूर्ति बनाइएको छ । मूर्तिकार श्याम गौतमले करिब १ वर्ष लगाएर पार्कभित्रको ढुङ्गा खोपेर जोडी नागको आकृति बनाएका हुन् । ढुङ्गामै जोडी नागको लोभलाग्दो आकृति बनाएपछि राजारानीले थप पर्यटक तान्न सफल भएको छ । नागबेली पार्क करिब १६ रोपनी क्षेत्रफलमा फैलिएको छ ।

Mid page add from magh 25

पार्कभित्र सुन्दर बगैचा पनि छन् । पार्कका कुनाकाप्चा तथा भिरालो ठाउँमा चर्चित व्यक्तित्व तथा देवीदेवताको मूर्ति सजावट छन् । ढुङ्गाहरूलाई कँुदेर विभिन्न आकृति निर्माण गरेको मूर्तिकार श्याम गौतम बताउँछन् ।

‘ढुङ्गा खेर गइरहेका थिए । मैले तिनै ढुङ्गामा कँुदेर विभिन्न आकृति निर्माण गरेँ,’ उनले भने, ‘अहिले पर्यटकको रोजाइमा पर्यो ।’
पार्कसहित झरना, गुप्तेश्वर गुफा, अजङ्गको काभ्रोको रुख, ततिला झरना, घ्याम्पे दहले पनि पर्यटकलाई लोभ्याउने गरेका छन् । पहिलेपहिले तालमात्र घुम्न पाइने राजारानीमा अहिले प्रशस्त घुम्ने ठाउँ हँुदा त्यहाँ पुग्ने पर्यटकसमेत निकै उत्साहित देखिन्छन् ।

rajarani dkt pradeshportal.com

तालबाहेक पार्क, झरना लगायतका स्थानको पूर्वाधार निर्माणको लागि हालसम्म झण्डै ५० लाख रुपैयाँ खर्च भइसकेको छ । राजारानीसहित सो आसपासको क्षेत्र पर्यटनको लागि उपयुक्त भएकाले अब गाउँपालिकाको प्राथमिकता पनि पर्यटकीय स्थलको विकास नै रहेको चौबिसे गाउँपालिकाकी उपप्रमुख यज्ञकुमारी रुचालले बताइन् । ‘हाम्रो गाउँपालिकाको मुख्य आधार भनेको कृषि र पर्यटन नै हो,’ उनले भनिन्, ‘लगानी हाम्रो यसैमा केन्द्रित छ ।’

rajarani dkt pradeshportal.com 1

राजारानीमा केही वर्ष पहिलेसम्म मुस्किलले दैनिक ३ दर्जनको हाराहारीमा पर्यटक आउने गरेकोमा अहिले पार्कसहित विभिन्न पर्यटकीय स्थल निर्माण भएपछि दैनिक १ सयभन्दा बढी पर्यटक आउने गरेका छन् ।
राजारानीमा यतिबेला ढुङ्गामा विशाल दरबार (रक प्यालेस) र स्थानीय खदम खोलाको किनारैकिनार मोरङ जोड्ने गरी पूर्वाञ्चलकै लामो पदमार्ग निर्माण गर्न लागिएको छ । यो पदमार्ग निर्माणपछि राजारानीमा थप आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल बढ्ने राजारानीवासीको विश्वास छ ।

rajarani dkt (3)