खोटाङः खोटाङ जिल्लामा रहेको थामखर्क विमानस्थल सोमबारबाट सञ्ंचालनमा आएको छ । २०७३ चैत १३ देखि रनवेमा कालोपत्रे गर्दा रोकिएको विमानस्थलका उडान तथा अवतरणका कामहरू ठप्प भएका थिए ।

सोमबार बिहान पौने १२ बजे सङ्घीय पर्यटन तथा नागरिक उड्ययनमन्त्री रवीन्द्र अधिकारीले रिबन काटेर विमानस्थलको सञ्चालनको औपचारिक आरम्भ गरेका थिए । रौता कन्स्ट्रक्सनले १० करोड ६० लाख ७१ हजारको बजेटमा विमानस्थल कालोपत्रे गरेको नागरिक उड्ययन प्राधिकरणको भनाइ छ । 

51705739_1655432511226007_735024678514458624_n

खोटेहाङ गाउँपालिका–४ बड्कादियाले स्थित थामखर्क विमानस्थलको सञ्चालनको उद्घाटन गर्न मन्त्री अधिकारीसँगै खोटाङबाट प्रतितिधिसभा सदस्य निर्वाचित विशाल भट्टराई, हीरा राई, प्रदेश सभा सदस्य रामकुमार राई, नेपाल नागरिक उड्ययन प्राधिकरणका महानिर्देशक सञ्जीव गौतम लगायत थामखर्क पुगेका थिए ।

२८ महिनादेखि थामखर्क विमानस्थल सञ्ंचालन नहुँदा स्थानीयहरू दुई दिनको पैदलपछि सदरमुकाम दिक्ततेल नजिकैको खानीडाँडा विमानस्थल प्रयोग गर्न बाध्य भएका थिए । विमानस्थल कालोपत्रेको अन्तिम चरणमा पुगेसँगै खोटाङवासी र सीमावर्ती भोजपुरवासीलाई धेरै राहत भएको प्रतिनिधिसभा सदस्य विशाल भट्टराईले बताए । थामखर्कसँगै खोटाङका अन्य २ विमानस्थलहरू प्नि चाँडै सञ्ंचालनमा आउने भट्टराईले बताए ।

Mid page add from magh 25

‘खोटाङवासीको यात्रा, पारवाहन र पर्यटनमा यो विमानस्थल सञ्ंचालनसँगै धेरै फाइदा पुग्नेछ’, मन्त्री रवीन्द्र अधिकारीलाई उद्धृत गर्दै भट्टराई भन्छन्, ‘थामखर्कजस्तै खानीडाँडा र लामीडाँडा एयरपोर्ट पनि यसै वर्षभित्र कालोपत्रे गरेर सञ्चालनमा आउनेछ ।’

७ सय २० मिटर लामो धावनमार्ग भएको यो विमानस्थल २०५७ सालमा सञ्चालनमा आएको हो । माओवादी युद्धकालमा भने विमानस्थल बन्द भएको थियो ।विमानस्थलकाे क्षेत्रफल  करिब २१ राेपनी रहेकाे छ । 

51713680_1655432501226008_2303126489643614208_n

तस्बिर स्राेतः पर्यटन मन्त्री रविन्द्र अधिकारीकाे ट्वीटर