इटरही / हाेटल व्यवसायी संघ इटहरीले व्यवसायीका करकाे समस्याकाे बारेमा सरकारी पक्षसँग छलफल कार्यक्रम चलाएकाे छ । साे कार्यक्रममा व्यवसायीले करमात्र बढाउने नभइ करकाे दायरासमेत बढाउनुपर्ने माग राखेका छन् ।

व्यवसायी तेज पुरीले करकाे दायरामा अाउन बाँकि धेरै व्यवसायीलाइ सरकारी पक्षले साे नियमनका ल्याउनुपर्ने बताए । हाेटल व्यवसायी महासंघका प्रदेश एकका संयाेजक मणिन्द्र कटुवालले घरघरमा व्यवसाय बढेकाेभन्दै इटहरी क्षेत्रका सम्पुर्ण व्यवसायीकाे केहि हिस्सा मात्र कर तीर्न थालेकाे बताए । उनले सबैलाइ करकाे वास्केटमा ल्याउन सके कर मात्र बढाउन नपर्ने सुझाव दिए ।

उद्याेग वाणिज्य संघ इटहरीका बरिष्ठ उपाध्यक्ष शैलेस विष्टले तीन तहकाे सरकार भए पनि व्यवसायीले राहत महशुस नगरेकाे बताए । सबै सरकारले व्यवसायीलाइ मात्र सेक्ने काम गर्न खाेजेकाे भन्दै राज्य सँचालनकाे मुख्य अंग निजि क्षेत्र हाे भन्ने सरकारले भुल्न नहुने बताए । असन्तुलित करकाे बारे अाफु सँधै व्यवसायीकाे पक्षमा उभिने भन्दै वस्तुगत सँघकाे समिति मार्फत संघले हाेटल व्यवसायीकाे पक्षमा अावाज उठाउँदै अाएकाे र परेकाे खण्डमा स्वतस्फुर्त दबाब दिन तयार रहेकाे बताए ।

उनले सबै सरकारले व्यवसायीले स्वतस्फुर्तरूपमा कर तीर्ने अाउने वातावरण बनाउनु पर्ने तर्क गरे ।

अन्तरिक राजस्व कार्यालय धरानका कर अधिकृत नेत्र घिमिरेले व्यवसायी पहिलाे कर अधिकृत भएकाे हुँदा राज्यले जिम्मेवारढंगले साेचेकाे र साेहिअनुसार इमान्दारपूर्वक व्यवसाय संचलान गर्नुपर्ने बताए । उनले सामान्यजानकारीकाे अभावले व्यवसायी मारमा परिरहेकेा भन्दै करबारे छर्लङग भए कुनै पनि व्यवसायीले सरकारलाइ गुनासाे गर्नुपर्ने अवस्था नअाउने बताए ।

हाेटल व्यवसायी संघ इटहरीका अध्यक्ष जीवन पराजुलीले व्यवसायीकाे हितका लागि कर सम्बन्धि कार्यक्रम राखिएकाे भन्दै कुनै पनि व्यवसायी कानुनकाे अज्ञानताले फाइन तीर्ने वातावरण बनाेस भन्ने चाहना नरहेकाे बताए । उनले भने,  व्यवसायीलाइ परेकाे अप्ठ्याराेकाे बारे अाज खुलस्त छलफल गर्ने हाे, भाेली देखि यहाँहरूकाे व्यवसाय संचालनमा याे कार्यक्रम थप फलदायी बनाेस ।

इटहरी बैङ्क्वीटमा कार्यक्रममा इटहरी क्षेत्रका साना तथा ठुला हाेटल व्यवसाय संचालन गर्ने एक सय व्यवसायीकाे उपस्थितिरहेकेा थियाे ।