इटहरीः प्रदेश १ मा पर्ने सर्वोच्च शिखर सगरमाथा नेपाल र चीन दुवैतिर बेस क्याम्प भएको हिमाल हो । नेपाल र चीन दुवै देशबाट सगरमाथा आहोरण बाहेक बेस क्याम्प पदयात्रा हुँदै आएको छ । अब भने चिनतर्फको सगरमाथा बेस क्याम्प सम्म पदयात्रा प्रतिबन्ध लागेको छ ।

हिमाल आरोहण बाहेकका पर्यटकहरूलाई बेस क्याम्प जान चीनले प्रतिबन्ध लाए को बिबिसीले लेखेको छ । बिबिसिका अनुसार अब चीनमा ५ हजार २ सय मिटर उचाहिमा रहेको बेस क्याम्पसमा भन्दा तह रहेको रोंबुक गुम्बा सम्म मात्रै पर्यटकहरू जान पाउनेछन् ।

चीनतर्फको सगरमाथा बेस क्याम्प सम्म कारमै पुग्न सकिन्छ तर नेपालको बेस क्याम्प पुग्न हप्दादिन बढी पैदल हिँड्नुपर्छ । गत जनबरीमा चीनबाट सगरमाथा चढ्नेहरूलाई ३०० भन्दा धेरै नपुर्याउने घोषणा गरेको चीनले यो नयाँ घोषणा गरेको हो । 

वातावरणीय सफाइ र मानवीय अतिक्रमण कम गर्न यस्तो गर्न लागिएको बिबिसीले चिनियाँ श्रोतलाई उल्लेख गर्दै बताएको छ ।