धनकुटाः सुनसरीसँग सिमाना जोडिएको धनकुटाको साँघुरिगढि गाउँपालिका ६ स्थिति भेडेटार बजारको लुक्स परिवर्तन गर्न स्थानीय सरकार सक्रिय भएको छ । सडक क्षेत्रमा रहेका अस्थायी संरचना, टहरा र घुम्ती पसलहरू हटाउन स्थानीय सरकार र सरोकारवालाहरू सक्रिय भएका हुन ।

६ नम्बर वडाका वडाध्यक्ष यामप्रकाश मगर, गाँउपालीकाका प्रमुख प्रशासकीय अधिकृत सुवास श्रेष्ठ, बजार व्यवस्थापन समिति अध्यक्ष हरि लिम्बु, होटेल असोसिएसन अफ भेडेटारका अध्यक्ष जितेन्द्र रुम्दाली, स्थानीय प्रहरी र सर्वसाधारण सहितको समूहले संरचना हटाउने अभियान आजबाट सुरु गरेका हुन ।

प्रदेश १ सरकारले पर्यटकीय गाउँपालिका बनाएको र सङ्घीय सरकारले देशका सय गन्तव्यमा सूचिकृत गरेको गाँउपालीकाको पर्यटकीय हब भेडेटार क्षेत्रको सौन्दर्यकरण र सडक सुरक्षाको लागी यस्तो गरिने प्रमुख प्रशासकीय अधिकृत सुवास श्रेष्ठले बताए । श्रेष्ठकाअनुसार सडक किनारबाट ४ मिटरको क्षेत्रमा रहेका अस्थायी संरचनाहरू हटाउन आजैबाट २१ दिनको म्याद दिइएको छ ।

भेडेटार क्षेत्रमा विभिन्न १५ वटा संरचनाहरू रहेका र यी अटाउन स्थानीयहरू आफै सक्रियता देखाउन थालेको वडाध्यक्ष यामप्रकाश मगरले बताए । मगरका अनुसार स्थानीयहरूकै आग्रह र सक्रियतामा यस्तो अभियान सुरु भएको हो ।

Mid page add from falgun 1st week 1

सडक क्षेत्रमा संरचना हटाउँदै गमला, फलैँचा,डस्टबिन राखिने
सडक क्षेत्रका घुम्ती र टहरा हटाएर पर्यटकहरूलाई सुविधा पुग्ने विभिन्न संरचनाहरू बनाउन यस्तो गर्न लागिएको होटेल असोसिएसन अफ भेडेटारका अध्यक्ष जितेन्द्र रुम्दाली बताउँछन् । रुम्दालीका अनुसार पर्यटकहरूलाई टहल्न फलैँचा, फोहोर फाल्न डस्टबिन र सौन्दर्यकरणको लागी गमला र फुलहरू यसरी संरचना हटाएको क्षेत्रमा राखिने छन् ।

बजार भित्र शुद्ध पिउने पानीको धारा राख्ने, सिसी क्यामेरा राख्ने जस्ता कामहरूमा पनि सडक क्षेत्रका अस्थायी संरचनाहरू क्लियर हुँदा सजिलो हुने रुम्दाली बताउँछन् । संरचनाहरू आफै पछाडि सार्न स्थानीयहरू नै सहयोगी देखिएकाले यस्तो गर्न सम्भव हुने पनि रुम्दालीले बताए ।