इटहरीः संघीय सरकारका पर्यटनमन्त्री रवीन्द्र अधिकारी चढेको हेलिकोप्टर ताप्लेजुङमा दुर्घटनाग्रस्त भएको छ ।
ताप्लेजुङको छत्रे ढुङ्गा भन्ने ठाउँमा हेलिकोप्टर दुर्घटनामा परेको हो । प्रत्यक्षदर्शी इटहरीका जीवन शेर्माका अनुसार घटनास्थलमा अहिले धुवाँ आइरहेको छ ।
पैदलयात्रामा रहेका प्रत्यक्षदर्शी शेर्माका अनुसार स्थानीयवासी दुर्घटनास्थलतिर गइरहेका छन् । दिउँसो साढे १ बजेतिर दुर्घटना भएको उनले बताए । पाथीभरा अस्थायी प्रहरी चौकी फेदीबाट घटनास्थलतर्फ प्रहरीको टोली गएको पनि शेर्माले जानकारी दिए ।घटनाको गृहसचिवले पुष्टि गरेका छन् ।