यहाँ आउँदा एयरपोर्टको सन्दर्भ चलाउन मात्र होइन की बनाउन आएका छौँ । मेरो साथमा चुहानडाँडा एयरपोर्टको नक्सा, स्टेमिेट, डिजाइन सबै छ । यसको लागत स्टिमेट पहिले २९ करोड भए पनि अहिले ८७ करोड खर्च हुनेवाला छ ।

म यति बेला दुई सन्दर्भ मात्र भन्न चाहन्छु । एउटा वर्तमान सरकार बनेपछि मुलुक समृद्धिका यात्राको अभियानलाई सम्माननीय प्रधानमन्त्रीले नेतृत्व गरिरहनु भएको छ । हामी सँगै काम गरिरहेका छौँ । यो ठाउँ वहाँको जन्मस्थान मात्र होइन, उपयुक्त ठाउँ पनि हो ।  सम्भावना रहेको ठाउँ हो ।

ओलीले भन्नुभयो । के कस्तो लाग्छ सबै हेर्नुस । त्यो ठाउँमा सम्भावनाको खोजी गर्नुस् त्यसको अध्ययन गर्नुस । यसको अध्ययन गर्नुस ।

अघिल्लो अध्ययनका आधारमा फेरी हामीले अध्यन ग‍र्यौ । र पुरा अध्ययन गरिसके पछि अरू होइन, पर्यटन मन्त्री आफै गएर चुहानडाँडा पुगेर आउनुस भन्नुभयो । त्यसपछि हामी यो ठाउँमा आएका छो । त्यतिकै हेर्दा पनि यहाँ एयरसपोटका लागि उपयुक्त ठाउँ छ, र केही कुराले पनि छेक्दैन र सबै कुराले उपयुक्त छ भन्ने लाग्छ ।

त्यसका कारण तपाइलाई भन्छु, सम्माननीय प्रधानमन्त्रीको सन्देश पनि भन्न चाहन्छु । सरकार यो ठाउँमा एयरपोर्ट बनाउनका लागि प्रतिबद्ध छ । हामी त्यसलाई अघि बढाउन तपाइको साथमा आएका छौँ । तपाइको साथ र हामी सबै मिलेर यो बनाउन चाहन्छांैं ।

दोस्रो कुरा पानी परेको छ ।  मौसम खराब भएको छ । हामी फेरी फर्किनुपर्ने छ ।  सरकार अहिले आफ्ना कामहरू अगाडी बढाइ रहेको छ । तर मुलुकलाई विकास र समृद्धिको यात्रामा अघि जान नदिन आत्तिएका छन । तर म भन्न चाहन्छु वर्तमान सरकार निर्माण भए पछि मुलुकको आर्थिक विकास र समृद्धिको यात्रामा उल्लेख्य काम भएका छन । तीन चरणकै सरकारको समन्वय भएको छ । तीन ओटै सरकारको कानुनी व्यवस्था बनाएर जान्छौँ । जनताले बनाएका सरकाले राष्ट्र र जनताको पक्षमा काम गरिरहेका छन । र, अझै हामीले प्रभावकारीढंगले काम गर्नुपर्नेछ ।

आभै काम भएन भनेर हल्ला गरिरहेका छन् । किन त्यसो भनिरहेका छन् भने यो सरकारले काम गरिरहेको छ । म यति भन्न चाहन्छु कि यो सरकाले काम गरिरहेको छैन भनेर अफवा फैलाउन चाहने पनि छन ।

म भन्न चाहन्छु यही ठाउँमा मध्य पहाडी मार्ग बन्दै छ । सँगसँगै यो देशका ठुला ठुला योजना बनिरहेका छन् । अािर्थक वृद्धिदर बढाउने , उत्पादन बढाउने कुरा, शिक्षा स्वास्थ्य क्षेत्रको काम भइरहेको छ । पूर्वाधार निर्माण गर्ने काम भएका छन् । स्थानीय सरकार, प्रदेश सरकार र सङ्घीय सरकारले काम गरिरहेको छ । अब यो मुलुकको आर्थिक विकास कसैले रोक्न सक्दैन । कसैका गफले समृद्धि रोक्न सक्दैन ।

त्यो दिशामा हामी अगाडी बढ्छाँै । त्यो सरकारको प्रतिबद्धता हो ।

(तेह्थुमकाे चुहानडाँडा पुगेर पर्यटनमन्त्री रवीन्द्र अधिकारीले बुधवार दिउँसाे गरेकाे सम्बाेधनकाे सम्पादित अंश – सम्पादक )