इटहरीः गत फागुन १ गते सप्तरी कन्चनरूप नगरपालिका वार्ड नम्बर १० स्थित बदागामामा कोशी टप्पुबाट निस्किएको चितुवाले ५ जना स्थानीयलाई घाइते बनाएपछि कोशी टप्पुमा पहिलोपटक चितुवा देखिएको हो ।

अधिकांश भाग सिमसारले समेत ओगटेको आरक्षमा माछा खाने मलाहा बिरालो (फिसिङ क्याट) भने पाइने गरेको छ । तर निकै वर्ष पहिले मात्र कोशी टप्पुमा पाटेबाघ लगायतका अन्य ठूला मांसाहारी जनावर भएको प्रमाणित भए पनि पछिल्ला पुस्ताले भने कोशी टप्पुमा चितुवा भेटेका थिएनन् ।

सन् १९७० को दशकसम्म पाइने पाटे बाघ हाल आएर कोशी टप्पुमा आरक्ष क्षेत्रबाट लोप भइसकेको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले नै जनाएको छ ।

तस्बिरः कृष्ण बहाब भट्टराई

chituwa koshi tappu 2 chituwa koshi tappu 5 chituwa koshi tappu. pradesh portal chituwa koshi tappu chituwa koshi tappu 6