विराटनगरः गरिमामय संसद बैठकमा यौन व्यवसायलाई वैधता दिने बारे कुरा उठाइको भन्दै महिला सांसदले आपत्ति जनाएका छन् । राप्रपाबाट प्रतिनिधित्व गरेकी सांसद इन्दिरा राईले हिजो जारी संसदमा सांसद रामबहादुर मगरले उठाएको विषयप्रति लक्षित गर्दै महिलालाई होच्याउने काम भएको तर्क गरिन् ।

सांसदको चालु हिउँदे अधिवेशनमा अहिले पर्यटन विधेयकमाथि छलफल जारी छ । उक्त विधेयकमाथि बोल्ने क्रममा बुधवार सांसद मगरले यौन व्यवसायलाई पनि कानुनी मान्यता दिने बारे छलफल गर्नुपर्ने धारणा राखेका थिए । तर, उक्त विषयको कडा प्रतिवाद गर्दै सांसद राईले यसले महिला अस्मिताको खिल्लि उडाउने काम भएको तर्क गरिन् । भनिन् ‘नारीलाई देवतासँग तुलना गरिन्छ, तर, हिजो बोल्ने मान्य ज्यूले रेड लाइट एरियाको कुरा उठाएर अशोभनिय अभिव्यक्ति दिनुभएको छ ।’

राईले नारी अस्तित्वमाथि प्रहार भएको समेत बताइन् । उनले यस्तो आपत्तिजनक अभिव्यक्ति नदिनसमेत आग्रह गरिन् ।

बैकठ पनि सञ्चारकर्मीसँग कुरा गर्दै सांसद राईले कसैन कसैले यो विषय उठाउने भन्दै पर्यटन विधेयकमा यस्ता कुरा आउनुपर्ने बताए । उनले  छलफको विषय बनोस् भन्नका लागि आफूले हिजो उक्त अभिव्यक्ति दिएको बताए ।

आज अन्य सांसदले पर्यटन विधेयकमाथि नै बोलेका थिए । यो क्रम अझै सकिएको छैन । अर्को संसद् बैठक भोलि १ बजेका लागि डाकिएको छ ।