इटहरीःहाल सप्तकोशीमा मिनी पानीजहाज भनिने यात्रुवाहक जेटबोट संचालनमा छन । ३० देखी ४० सिटे जेटबोटहरु सबै विदेशबाट ल्याइएका हुन । तर, शनिबार साँझ ७ बजे भने सप्तकोशीमा नेपाली प्राविधिकहरुले बनाएको पहिलो जेटबोटको सफल परिक्षण भएको छ ।

अब चाँडै नियमित संचालनमा आउने यसको संचालक कम्पनी सप्तकोशी टुरिजम एण्ड वाटर ट्रान्सपोर्टेसन बताएको छ । यहि बर्षको जेठ २२ गते दर्ता भएको सप्तकोशी टुरिजम एण्ड वाटर ट्रान्सपोर्टेसन नामक जलयात्रा गराउने कम्पनीले बनाएको जेटबोट । ३० सिटे छ ।

जेटबोट निर्माणको नेतृत्व इन्जिनियरहरु सुमन खत्री र लेखराज रिजालले गरेका थिए । जेटबोटका नक्सांकन भने फाइनआर्टका कलाकार सुरेस चौधरीले गरेका थिए । सुन्दररहैचाको जयलक्ष्मी फाइबर उद्योग र विराटनगरको जिडिएस फाइबर वल्डको सँगको सहकार्यमा जेटबोट निर्माण भएको हो ।

सगरमाथाको उचाहिको नाममा माउन्ट ८८४८ मिटर नाम दिइएको छ जेटबोटलाइ । जेटबोटमा लेखिएको छ ‘प्राउड्ली म्यानुफ्याक्चर्ड इन नेपाल’  काठमाण्डौ विश्व विद्यालयबाट मेकानिकल इन्जिनियरिङ गरेका खत्री र भारतबाट सोहि विषय पढेका रिजालले नेपालको पहिलो जेटबोट बनाएका हुन ।

शब्द तस्बिरः बुलेट खतिवडा

55640010_2324021517855554_8195850112568655872_n 55726252_318540642188221_2621354854420840448_n 55736494_426828418084408_2751824154008223744_n 55861173_2604316982931603_5048726222427652096_n 55954397_812019999159912_2549566563422306304_n 56162949_657752828013222_4524849721096798208_n