धनकुटाः तमोर नदीमा र्याफ्टिङ गएको बोट (र्याफ्ट) पल्टिँदा १ जनाको मृत्यु भएको छ ।

धनकुटाको मूलघाटबाट चतरा जाँदै गरेको सो र्याफ्ट आज दिउँसो धनकुटाको शहीदभूमि गाउँपालिका–१ सफाइटारमा पल्टिएको थियो । र्याफ्ट पल्टिँदा त्यसमा सवार उदयपुरको त्रियुगा नगरपालिका–६ का रामबहादुर गुरुङको मृत्यु भएको प्रहरीले जनाएको छ ।

र्याफ्ट पल्टिएर गम्भीर घाइते भएका गुरुङलाई उपचारको लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लैजाने क्रममा बाटैमा मृत्यु भएको मूलघाट प्रहरी चौकीका इञ्चार्ज राजेश श्रेष्ठले बताए । धरानको सेतु एड्भेञ्चर प्रालिद्वारा सञ्चालित सो र्याफ्टिङ टोलीमा ३ वटा बोट (र्याफ्ट) गएको बताइएको छ ।