बेलबारीः पूर्वको लोकप्रिय पर्यटकीय स्थान बेतना विभिन्न संस्थाको प्रचार पम्प्लेटले कुरूप देखिएको छ । मोरङको बेलबारीस्थित बेतना सिमसार क्षेत्रमा रहेका रुखहरूलाई संघसंस्थाले प्रचारको उत्तम थलो बनाइरहेका छन् ।
राजमार्ग नजिक रहेको पर्यटकीय स्थानमा दैनिक सयौँ व्यक्ति जाने गरेका छन् । पर्यटकलाई लक्षित गर्दै राखिएका त्यस्ता विज्ञापनले बेतनाको सौन्दर्य बिगारिरहेको छ । तर, न त बेतना सामुदायिक बनले ध्यान दिएको छ, न त बेलबारी नगरपालिकाले नै ।

20180823_121316
बेतना क्षेत्रका विभिन्न स्थानमा रुखमा गरिएका विज्ञापनहरू बढी मात्रामा शैक्षिक संस्थाका रहेका छन् । विज्ञापन राख्ने संस्थाहरूमा इटहरीको नमुुना कलेज र अल्फा बिटा इन्स्टिच्युट रहेका छन् । त्यस्तै, पब्लिक क्याम्पस ग्रामथान, पथरी आइटी कलेज, ¥यापिड ल्याङ्ग्वेज एण्ड आइटी ट्रेनिङ सेन्टर पथरी, रस एण्ड रक्षा एजुकेसन कन्सल्टेन्सी, डेल्टा मन्टेश्वरी बेलबारीले पनि बेतना क्षेत्रका रुखमा विज्ञापन गरेका छन् । सिमसार क्षेत्रका रुखमा विज्ञापन गरी पर्यटकीय र वातावरणीय सौन्दर्य बिगार्नेमा गोर्खा सैनिक तालिम केन्द्र धरान, सिपिएन इटहरी, क्रिमसन एजुकेसन हब बेलबारी, मिस्ट कलेज दमक, पद्मा पोखरेली ढुुंगा कटिङ प्रालि बेलबारी र ब्राइट फ्युचर स्कुल सुन्दरहरैंचा रहेका छन् ।
पूर्वाञ्चल कलेज उर्लाबारी, एडुुमार्क इटहरी, पारुहाङ कोरियन भाषा केन्द्र बेलबारी, आम्दा स्वास्थ्य प्रतिष्ठान दमक, केन्ट कलेज धरानलगायतका विज्ञापनले सिमसार क्षेत्रलाई कुरूप बनाएको छ । रुखमा विभिन्न डिजाइनका विज्ञापन पम्प्लेट टाँंसिएका छन् भने केही फ्लेक्स पनि रहेका छन् । ती फ्लेक्स रुखमा काँटी ठोकेर राखिएको छ ।

एक हप्तामा हटाउँछुुः बन अध्यक्ष
बेतना सामुदायिक बनका अध्यक्ष डम्बर बस्नेतका अनुसार राति विज्ञापन टाँस्ने गरेकाले नियमन गर्न गाह्रो भएको हो । उनले आजैदेखि सम्बन्धित संस्थालाई हटाउन जानकारी दिने र सम्बन्धित संस्थाले नहटाए समितिले हटाउने बताए ।
उनले अबदेखि कुुनै पनि संस्थाको विज्ञापन रुखमा टाँस्न नदिने बताए । धेरै जनाले बेतनाको सौन्दर्य ती विज्ञापनले बिगारेको भन्ने गुनासो गरेकाले समिति गम्भीर भएको र ती विज्ञापन हटाउन तुरुन्तै पहल गरिने उनले बताए ।

20180823_121327 20180823_121408 1 20180823_121349 20180823_121340 20180823_121457