इटहरीः तेह्रथुमको छथर गाउँपालिका वडा नम्बर ६ सुदापमा रहेको चाङलुङ गुफा दुई वर्ष अगाडि सम्म गुमनाम थियो । स्थानीय भाषामा ढुंगाको खात भन्ने अर्थ लाग्ने चाङलुङ गुफा बारेमा स्थानीयवासी बाहेक गाँउपालीकाकै धेरैलाई गुफाको बारेमा जानकारी थिएन ।
स्थानीय सरकार बनेसँगै यो गुफामा पूर्वाधार र प्रचार बढाइएसँगै चर्चा बढेको छ । धनकुटाको सिधुँवा बजारबाट १४ किलोमिटरको कच्ची सडक दुरीमा रहेको यो गुफा १४५ मिटर लामो छ । गुफा भएको गाँउपालीकाको वडा नम्बर ६ का वडाध्यक्ष टेकराज लिम्बुका अनुसार स्थानीय सरकारले १२ लाख लागतमा जङ्गल क्षेत्रमात्रै भएको गुफालाई एउटा आकार दिएको छ ।
‘हाम्रा पीतापुर्खा देखिको यो ऐतिहासिक गुफालाई हामीले सुरुको वर्ष ५ लाख र चालु वर्षमा ७ लाख बजेट हालेका छौँ’, वडाअध्यक्ष लिम्बु भन्छन्, ‘काम भने जनसहभागिताले २० लाख भन्दा धेरैको भएको छ ।’ गुफा क्षेत्रमा टावर, सिँढी देखी मान्छे बस्ने फलैँचा बनाएको बताउँदै वडाध्यक्ष राईले अब गुफामा सबैभन्दा माथिको ढुङ्गामा रहेको टावरमा बाघको प्रतिमा बनाउने बताए । पहिले पहिले बाघ बसेको क्षेत्र भएकाले बाघको प्रतिमा बनाउन थालिएको लिम्बुले बताए । गुफा क्षेत्रमा मन्दिर समेत छ ।
यो मन्दिरमा उधौलि र उभौलीमा पुजाआजा हुने वडाध्यक्ष लिम्बुले बताए । उद्योलिको अवसरमा वडाले मेला समेत लाएको उनले बताए । वडाले चाङचुङ गुफाको डिपिआर बनाएर धनकुटा र पाँचथरको सीमामा बसेको गाउँपालिका भएकाले गुफामा मेची र कोसी दुवै कोरिडोरका पर्यटहरु आउन सजिलो हुने अध्यक्ष लिम्बुले बताए ।
उनले भने, ‘दुवै क्षेत्रबाट गाउँपालिका कार्यालय शुक्रबारे बजारमा आएपछि सजिलै सडकबाटै पुग्ने हुनाले गुफा आउन सजिलो छ ।