हावाले तिमीलाई उडाई लग्यो बादलमा लुकायो
भिजेका थिए परेली मेरा जूनले सुकायो ।
हा ! कस्तो देखेँ सपना मैले निद्रैमा झस्किएँ
भगवान्सँग मागेर, तिम्रो दीर्घायु पस्किएँ
निभेको रै’छ कोठामा दियो अँध्यारो पोखेर
हिँडेको रै’छु जलाई मुटु खरानी बोकेर ।
गहिरो माया उत्रिने हो कि पानीको पात झैँ
सकिने हो कि उज्यालो नभई कहानी रातमै
डरले थरथर भएको रै’छु बिउँझिएँ कामेर
छेउमै रछ्यौ, म ढुक्क भएँ सिरानी छामेर ।