भोजपुरः भोजपुरको टेम्केमैयुङ गाउँपालिका वडा नं. ३ अन्नपूर्णका अध्यक्ष पूर्णप्रसाद राईले नेपाल पत्रकार महासङ्घ, भोजपुर शाखामा ५० हजार ५ सय ५५ नगद राशीको पर्यटन पत्रकारिता अक्षय कोष स्थापना गरेका छन् ।

अध्यक्ष राईले आफ्ना बाबुआमाको सम्मानमा तिलकबहादुर मनमाया राई पर्यटन पत्रकारिता अक्षय कोष स्थापना गरेका हुन् । राईले अक्षयकोषको रकमको चेक शुक्रबार नेपाल पत्रकार महासङ्घ भोजपुरका अध्यक्ष श्यामकृष्ण दाहाल र उपाध्यक्ष एक्सन राईलाई संयुक्त रूपमा हस्तान्तरण गरेका छन् ।

सो रकमबाट एनआइसी एशिया बैंक भोजपुरमा रहेको महासङ्घको मुद्दति खाताको प्राप्त ब्याजबाट जिल्लाको पर्यटन क्षेत्रको विकास र प्रवद्र्धनको लागि उत्कृष्ट र प्रभावमूलक समाचार प्रकाशन तथा प्रशारण गर्ने पत्रकारलाई वार्षिक रूपमा पुरस्कृत गरिने शाखाका सचिव बुद्धप्रसाद तामाङले बताए ।