इटहरीः लक्षित समूहको सीप विकासमा पहुँच पु¥याई रोजगार तथा स्वरोजगार प्रदान गर्ने उद्देश्यले आरटीआरके इन्स्टिच्युट अफ होटल म्यानेजमेन्ट एण्ड टुरिजम प्रालिमा ३ सय ९० घण्टे निःशुल्क रोजगारमूलक तालीम सञ्चालन हुने भएको छ ।
प्रदेश नम्बर १ को सामाजिक विकास मन्त्रालयको सहयोगमा महिला र पुरुष गरी २० जनालाई वेटर तथा वेट्रेस तालीम दिन लागिएको आरटीआरकेले जनाएको छ । तालीमपछि राष्ट्रिय सीप परीक्षण समिति सीटीईभीटीले लिने तह १ को परीक्षामा उत्तीर्ण हुनेलाई प्रमाणपत्रका साथै रोजगारीको अवसर दिइने प्रालिले जनाएको छ ।