इटहरीः राष्ट्रिय पाककला प्रतियोगिताका लागि प्रदेश एकबाट विभिन्न व्यक्तिले अडिसन दिएका छन् । छनोटका लागि सिटिइभिटीद्धारा मान्यता प्राप्त इटहरीको होटल प्रिमियरमा आज विद्यार्थीहरु भेला भएका थिए ।

छनोका लागि सहभागीहरु प्रदेश एकका विभिन्न स्थाबाट आएका प्रदेश संयोजक सुनिल कुमार भुसालले जानकारी दिए । सहभागी १८ विद्यार्थी मध्यले पोखरामा असार ६ गते हुने फाइनल प्रतिस्पर्धाका लागि २ जनाले मात्र अवसरा पाउने छन् ।

पाककला पनि एउटा आर्ट हो र यसलाई व्यवसायिकिकरण गर्न सके आत्मसम्मानका साथ राम्रो कमाइ पनि हुन सक्छ भन्ने सन्देश कार्यक्रमले दिने राष्ट्रिय संयोजक कुमार चालिसेले जानकारी दिए ।

उनका अनुसार याे नेपालमै पहिलाे पटक भएकाे कुकिङ प्रतिस्पर्धा हाे । दुइ वर्षकाे कुकिङ अनुभव भएकाे, सामान्य व्यवसाय गरिरहेका व्यक्तीलाइ प्रतिस्पर्धामा सहभागी गराइएकाे छ । 

प्रतियाेगितामा प्रथम, दितृय र तितृय हुनेलाइ क्रमशः १ लाख, ७५ हजार र ५० हजार नगरसहित विभिन्न पुरस्कार रहेकाे छ । 

प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् राष्ट्रिय सीप परीक्षण समिति, नेपाल व्यावसायिक योग्यता निर्धारण प्रणाली परियोजना (स्वीस कन्ट्याक्ट तथा नेपाल सरकार र स्वीस सरकार विकास सहयोगद्वारा संयुक्तरुपमा नेपालमै पहिलोपटक पाककला प्रतियोगिता हुन लागेको हाे ।