धरानः धरानको भानुचोकमा ‘द गुगल रेष्टुरेन्ट एन्ड बार’ शनिबार सञ्चालनमा आएको छ ।

काठमाडौंका रेष्टुरेन्ट एन्ड बारमा एक दशक अनुभव बटुलेका वराहक्षेत्र–१ चावाचाका जगत दाहालले सञ्चालन गरेको रेष्टुरेन्टको होटल एशोसिएसन अफ धरानका अध्यक्ष सरोज भट्टराई, गायक एपी शेर्पा र पत्रकार महासङ्घ सुनसरीका उपाध्यक्ष सन्तोष काफ्लेले शनिबार रिबन काटेर उद्घाटन गरे ।

रेष्टुरेन्टका सञ्चालक जगतका बुबा डम्बर दाहाल र आमा भगवती दाहाललगायतले केक काटेका थिए । रेष्टुरेन्ट उद्घाटनपछि शुभकामना दिँदै होटल एशोसिएसन अफ धरानका अध्यक्ष सरोज भट्टराईले पर्यटकीय क्षेत्रका रूपमा विकास भइरहेको धरानमा नयाँ रेष्टुरेन्ट, बार र होटल खुल्नु खुशीको कुरा भएको बताए । यस्ता रेष्टुरेन्टले पर्यटनको विकासमा सहयोग पुग्ने उनले बताए । उनले भने, ‘यस्ता रेष्टुरेन्टहरुलाई हामी प्रोत्साहन गर्छौं र आवश्यक पर्दा सहयोग गर्ने छौं ।’

धरानको भानुचोकमा करीब १५ लाख रुपैयाँ खर्च गरेर शुरु गरिएको रेष्टुरेन्टमा पिज्जा, मम, चाउमिनलगायतका खाजा र मासुका आइटमसँगै अर्डर अनुसार सबै प्रकारका रेष्टुरेन्ट आइटम पाइने बताइएको छ । रेष्टुरेन्टसँगै बार आइटमसमेत उपलब्ध रहेको सञ्चालक दाहालले बताए । ग्राहकलाई सबै किसिमका खानेकुरा उपलब्ध गराउने उद्देश्यले नै यसको नाम द गुगल राखिएको दाहालले बताए ।

 

the google  (3)