विराटनगरः प्रदेश १ का मुख्यमन्त्री शेरधन रार्इले बेलुन उडाएर दिउँसाे ४ बजे शुभारम्भ गरेका विराटनगरकाे रथयात्रामा हजाराैँले सहभागीता जनाए । दक्षिण एसियाकाे दाेस्राे ठुलाे रथयात्रा भनिन्छ । हरेक वर्ष श्रीकृष्ण जन्माष्टमिकाे भाेलिपल्ट अर्थात अाज पूर्वका मुख्य मुख्य शहरमा रथयात्रा निकालिन्छ ।तर, विराटनगरकाे याे रथयात्राकाे एेतिहासिक महत्व अलग्गै छ । विगत ५१ वर्ष देखि निरन्तर निकालिरहेकाे रथ यात्रा सबै धार्मिक समुदायका व्यक्तिले सहभागीता जनाउँछन् । अाजकाे यस दिनलाइ प्रदेश १ काे सरकारले पनि बिदा दिएकाे छ ।