धरानः आज धरानस्थित पिण्डेश्वरमा जल चढाउन आइपुगेका अन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले धार्मिक पर्यटकीय क्षेत्रको प्रबद्र्धन र विकास नै प्रदेश सरकारको पहिलो प्राथमिकता रहेको बताएका छन् ।
धरानस्थित विजयपुरको पिण्डेश्वर मन्दिरमा सोमबार जल चढाउन आइपुगेका मन्त्री कार्कीले धार्मिक पर्यटकीय क्षेत्र बनाउने गुरुयोजना अगाडि सारेसँगै नीति निर्माणका लागि स्थानीय तहमा पनि योजना अघि बढाएको बताए । उनले धरानको पिण्डेश्वर मन्दिर पनि प्रदेश नं. १ को महत्वपूर्ण मन्दिर भएकाले यसको प्रबद्र्धन र संरक्षणमा प्रदेश सरकारले जोड दिने बताए ।
मठमन्दिरको धार्मिक सर्किट बनाउने गुरुयोजना कार्यान्वयनका लागि बजेट विनियोजन समेत भइसकेको उनले बताए ।