धनकुटाः समग्र मुलुकभर सन २०२० मा २० लाख पर्यटक भित्र्याउने घोषणा सरकारले गरेको छ । तर भ्रमण बर्ष आउनै लाग्दा सम्म यसको कुनै तयारी नभएको चर्चा पर्यटन ब्यबसायीहरु अन्योलमा परेका छन् । सरकारले तोकेको नेपाल भ्रमण वर्ष २०२० सुरु हुन चार महिना मात्रै बा“की छ । चार महिना बाकि हुदा सम्म भ्रमण बर्षको तयारी नभएको गुनासो चुलिन थालेको छ ।

गत बर्षनै पर्यटन बर्ष घोसणा गरिएपनि अहिलेसम्म पर्यटन बर्ष कसरी मनाउने भन्ने निर्क्याैल हुन नसकेको सरोकारवालाको गुनासो छ । पर्यटनको क्षेत्रका काम गर्ने संघसंस्था तथा ब्याक्तिसंग छलफल कार्यक्रम अघि सार्नुपर्ने भएपनि अहिलेसम्म सो हुन नसकेको धनकुटा भेडेटारका पर्यटन ब्यबसायी लिलाराज लावती बताउँछन् ।

सरकारले निर्धारण गरेको नयाँ पर्यटकीय गन्तब्य नमस्ते झरना तथा पटेक डाँडा सहित धनकुटामा भेडेटार, डांडाबजार, राजारानी, हिले, पाख्रिबास लगायत एक दर्जन भन्दा बढि पर्यटकीय स्थल रहेका छन् । तर सबै स्थानका पर्यटन ब्यबसायी अन्योलमा छन् । पर्यटन बर्ष घोषणाले आफुहरु खुसि र हर्सित भएपनि कसरी मनाउने भन्ने कुरोको टुङ्गो नहुदा आफहरु अन्योलमा परेको होटल एसोसिएसन भेडेटारका अध्यक्ष जितेन्द्र रुम्दाली राइ बताउँछन् । lilaraj lawati-jitendra rumdali-pradeshportal

सरकारले हरेकवर्ष कुनैनकुनै रुपमा आन्तरिक पर्यटनको विकास गर्ने नीति लिएको हुन्छ तर पूर्वाधार तयार गर्न सहित सरोकारवाला संग छलफलनै नगर्ने पर्यटन व्यवसायीको गुनासो छ । पर्यटन बर्ष सफल बनाउन प्रचासप्रसार सहित स्थानिय स्तरका सरोकारवालासंग छलफल गरि आबश्यक कार्यक्रम अघि सार्नु पर्ने धनकुटाका पर्यटन ब्यबसायी प्रेम कुमार राइ बताउँछन् । 

नेपालमा पहिलो पटक सन् १९९८ लाइ पर्यटन बर्षको रुपमा मनाउदा करिब १० लाख पर्यटन भित्राउने लक्ष्य राखेको थियो । तर सो बर्ष जम्मा चार लाख ६३ हजार पर्यटक मात्र भित्राउन सफल भएको तथ्याङ्क छ । सोहि लक्ष्य पुरा गर्न १९ बर्ष अर्थात २०१७ सम्म कुर्नु परेको थियो । आउँदो पर्यटन बर्षको लागि पनि अहिले देखिनै तयारीमा नजुटे सन् २०२० को लागि निर्धारण गरिएको २० लाख पर्यटक भित्राउने लक्ष भेट्न नसकिने ब्यबसायीको गुनासो छ ।