इटहरीः १०६ औँ बीपी जयन्तीमा बीपी अध्ययन प्रतिष्ठान मोरङले बीपी स्ल्याम पोइट्री प्रतियोगिता आयोजना गरेको छ । बीपी कोइरालाको साहित्यिक पक्षलाई समेट्ने गरी पोइट्री प्रतियोगिता आयोजना गरिएको हो ।

सुन्दरहरैंचा नगरपालिका ८ सलकपुरमा सम्पन्न कार्यक्रममा १५ जना प्रतियोगीले भाग लिएका थिए । प्रतियोगितामा धरान इञ्जिनियरिङ कलेजका सुदीप बिष्ट पहिलो भए ।

त्यस्तै, इटहरीका योगेन्द्र पराजुली दोस्रो र इटहरीकै पुस्तिका भण्डारी तेस्रो भएका थिए । बुधबार सम्पन्न कार्यक्रममा बीपी कोइरालाको साहित्यिक पक्षको विषयमा प्राध्यापक दधिराज सुवेदीले मन्तव्य राखेका थिए ।

प्रतिष्ठानका केन्द्रीय अध्यक्ष धर्मेन्द्र नेम्वाङको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा मोरङका साहित्यिक व्यक्तिको उपस्थिति रहेको थियो । कार्यक्रममा बोल्दै नेम्बाङले बीपी कोइरालालाई राजनीतिबाट र साहित्यबाट टाढा राख्ने हो भने दुवै पक्ष अधुरो रहने बताए ।

त्यस्तै, प्रतिष्ठानका मोरङ अध्यक्ष र ञ्जन ओझाले बीपी कोइरालाको साहित्यिक पक्षलाई नयाँ शैलीबाट समेट्न खोजेको बताए । पछिल्लो समय स्ल्याम पोइट्रीतिर युवाको आकर्षण बढेकाले सोहीअनुसार कार्यक्रम आयोजना गरिएको उनले बताए ।

slyam poetry  (2)