पर्याे असिना पानी
चट्याङ्को आवाजसँगै
दर्कियो झरी ।
भलहरू फुटेर बग्न थाले ।
बारीको पेट चिर्दै
खोल्सा खहरेहरू
उर्लन थाले
खोला नदीनाला
धमिलिएर सुसाउन थाले ।
उडायो हावाहुरीले घरको
तारामण्डल छानो ।
निष्पट्ट अँध्यारो छ ।
देखिँदैनन् जूनताराहरू आकाशमा
बेलाबेला बिजुली चम्कँदा
देखिन्छ आकाशमा केवल
कालो बादल र मुसलधारे वर्षा
जाडोले काँपेका ओठहरू
भोकले चाउरी परेको पेट
शुरु भयो जीवनको कथा
घरको मूल खाँबो समाएर
उभिएका छन् प्रियजनहरू
रामनाम जप्दै
रात यसरी नै बित्यो ।
बिहानीपख वारीपारी गाउँमा
बत्तीहरू बल्न थाले ।
पानी रोकियो ।
हावाहुरी थामियो ।
खोल्सा खहरेहरू घटे ।
झ¥यो घरमाथिको
पहाडको ढिस्को
र पुरियो घर
पुरिए सबै
सपनाहरू ।