विराटनगरः आरोहण–गुरुकुल विराटनगरको आयोजनामा जारी विद्यालय नाटक महोत्सवमा शनिबार ‘चण्डालिका एक अनन्त प्रेम कहानी’ मञ्चन भएको छ ।

श्री श्री रविशङ्कर विद्या मन्दिर विराटनगरले महोत्सवको नवौँ दिनमा हाटखोलास्थित सुशीला कोइराला नाटकघरमा नाटक मञ्चन गरेको हो । प्रसिद्ध साहित्यकार रविन्द्रनाथ टैगोरद्वारा लिखित सो नाटक स्कुल शिक्षिका सीमा अग्रवालले निर्देशन गरेकी हुन् ।

नाटकमा अभिनय गर्ने कलाकारलाई प्रदेश १ का प्रदेशसभा सदस्य सावित्रा रेग्मीले खादा ओढाएर सम्मान गरिन् । आयोजक संस्थाका अध्यक्ष भैरव क्षेत्रीले मायाको चिनो प्रदान गरे । आरोहण–गुरुकुल विराटनगरको आयोजनामा भदौ २० गते शुरु भएको

विद्यालय नाटक महोत्सव आज आइतबार समापन हुँदैछ ।
आयोजकको ‘म’ नैतिक नाटक मञ्चन गरी शुरु भएको महोत्सवमा आइतबार समेत गरी विभिन्न ९ विद्यालयले आ–आफ्ना नाटक मञ्चन गर्दैछन् ।

महोत्सवमा आइतबार रङ्गेली नगरपालिकाको रञ्जनी एकेडेमिक ई. टिचिङ स्कुलले ‘परिवेश’ नाटक मञ्चन गर्नेछ । विराटनगर महानगरपालिकाको संरक्षण र प्रवद्र्धनमा शुरु भएको नाटक महोत्सवमा अपराह्न्न ४ बजे नाटक मञ्चन हुनेछ । नाटक महोत्सवमा साङ्ग्रिला बुक्स र वाइवाइ चाउचाउले सहयोग गरेका छन् ।