इटहरीः आज मनाइएको वल्ड टुरिजम डे अर्थात् विश्व पर्यटन दिवसमा इटहरीमा नेपाल भ्रमण वर्ष २०२० को प्रवर्द्धनात्मक बेलुन उडाइएको छ । होटेल व्यवसायी संघ इटहरीको नेतृत्वमा भएको र्यालिको समापनसँगै इटहरी नगरपरिसरबाट बेलुन उडाइएको हो ।

इटहरीकि उपमेयर लक्ष्मी गौतमको प्रमुख आतिथ्यता तथा इटहरी ६ का वडा अध्यक्ष दीपक गौतम, उद्योग वाणिज्य सङ्घ इटहरीका उपाध्यक्ष अनिल सुब्बा, सचिव शोभा कोइराला (सविना) लगायतको उपस्थितिमा भ्रमण वर्षको बेलुन उडाइएको हो ।

hotel premier school world tourism day 2019 pradeshportal.com

इटहरीमा सञ्चालित होटेल प्रिमियर स्कुल, आरटिआरके होटेल स्कुलका संचालकद्धय सुनिल भुषाल र प्रेम लिम्बु लगायत होटेल तथा व्यवसाय क्षेत्रमा दर्जनौँ व्याक्तित्वहरुको उपस्थितिमा र्यालि आयोजना भएको होटेल व्यवसायी सङ्घ इटहरीका अध्यक्ष, उद्योग वाणिज्य संघ इटहरीका सदस्य तथा पर्यटन समिति संयोजक जीवन पराजुलीले बताए ।

hotel association itahari pradeshportal.com rally visit nepal 2020

नेपाल भ्रमण वर्ष २०२० को प्रदेश १ समितिका समेत रहेका अध्यक्ष पराजुलीले पर्यटन वर्षलाई उत्साहप्रद मनाउन बेलुन उडाइएको बताए । उनले भने, ‘पर्यटन वर्षमा गरिने औपचारिक र्यालिसँगै भ्रमण वर्ष २०२० को माहौल बनाएर पर्यटनमैत्रि वातावरण बनाउन बेलुन उडाएका हौँ ।’

सन १९८० बाट संयुक्त रास्ट्र संघको घोषणाबाट हरेक सेप्टेम्बर २७ का दिन मनाइने विश्व पर्यटन दिवसमा इटहरीसँगै विराटनगरमा पनि विभिन्न कार्यक्रम भएका छन् । विराटनगर देखी बर्जुताल सम्म साइकल र्यालि निकालेर कार्यक्रम आयोजना गरेको विराटनगरका पर्यटन व्यवसायी तथा नेपाल भ्रमण वर्ष २०२० को प्रदेश १ समिति सदस्य फणीन्द्र अधिकारीले जानकारी दिए ।

biratnagar cycle rally visit nepal 2020 world tourism day 2019 pradeshportal.com