इटहरीः आजबाट प्रदेश १ बाट सञ्चालित दुई भाषाको पहिलो पर्यटन म्यागेजिन बजारमा आएको छ । इटहरीको जेपि मिडियाले प्रकाशनमा ल्याएको ‘टुर न्यूज’ नामक पर्यटन मासिक म्यागेजिन बजारमा आएको हो ।

नेपाल भ्रमण वर्ष २०२० नजिकिँदै गर्दा र प्रदेश १ को पर्यटन बहस, विमर्श, विज्ञापन र बजारको प्रवर्द्धन लागी म्यागेजिन प्रकाशन सुरु गरेको टुर न्युजका प्रधान सम्पादक सन्तोस आचार्यले जानकारी दिए । आचार्यका अनुसार म्यागेजिनमा प्रदेश १ का पर्यटकीय सवालहरू उठान हुन्छन् ।

इटहरीको मल्टिकलर अफसेट प्रेसले छापेको म्यागेजिन प्रदेश १ का पर्यटकीय क्षेत्र, संस्था र सरकारी निकायमा पुग्ने प्रधान सम्पादक आचार्यले बताए । नेपाल पत्रकार महासंघ झापाका सचिव समेत रहेका आचार्य भन्छन्, ‘प्रदेश १ र प्रदेश १ सँग जोडिएको पर्यटनमा मात्रै केन्द्रित हुने म्यागेजिनले प्रदेश १ समेट्छ ।’

tour news magazine news itahari pradeshportall.com tourism magazine

प्रदेश १ का मेची, कोसी र सगरमाथा तथा पूर्वी तराईका सबै कोरिडोरका पर्यटकीय मुद्धाहरु हरेक अंकमा कुनै न कुनै रूपमा आउने आचार्य बताउँछन् । भन्छन्, ‘प्रदेश १ को पर्यटन क्षेत्रमा प्रदेश १ का मौलिक खुराकहरू दिने म्यागेजिनले प्रदेशवासी मात्रै हैन स्वदेशी तथा विदेशी पर्यटकहरूको लागी एक स्तरीय जानकारी बोक्नेछ ।’

खगेन्द्र उप्रेती प्रकाशक, प्रेम बास्तोला प्रबन्ध सम्पादक,सन्तोष आचार्य प्रधान सम्पादक, एलिना मगर अतिथि सम्पादक, विराट अनुपम कार्यकारी सम्पादक रहेको म्यागेजिनमा कुमार लुइँटेल समाचार प्रमुख र खेमचन्द्र अधिकारी भाषा सम्पादक रहेका छन् ।

प्रदेश १ को पहिलो पर्यटन म्यागेजिनका विभिन्न प्रदेश १ का पर्यटनसँग प्रत्यक्ष वा अप्रत्यक्ष जोडिएका विभिन्न व्यक्तित्व सल्लाहकार रहेका छन् । सात सल्लाहकारहरूमा क्रमशः भविष श्रेष्ठ, कृष्ण शाह, सुनिल भुसाल, देवान किराँती, बासु बराल, रविन गौतम र जीवन पराजुली रहेका छन् । आजबाट बजारमा पुगेको म्यागेजिन उपयुक्त समय मिलाएर लोकार्पण समारोह गरिने प्रबन्ध सम्पादक प्रेम बाँस्तोलाले जानकारी दिए । 

tour news monthly itahari pradeshportal.com tourism magazine english and nepali