ताप्लेजुङः भारतको सिक्किमका ६२ वर्षीय नरबहादुर प्रधानलाई सोमबार स्थानीय युगल लिम्बूले पिठ्यँुमा बोकेर प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिर पु¥याए । पाथीभरा क्षेत्रमा पर्ने काफ्लेपाटीदेखि झण्डै ३ घण्टाको पैदल दूरीमा पर्ने मन्दिरमा पु¥याएर दर्शन गराई पुन काफ्लेपाटीसम्म उनले ल्याइदिए ।

पाको उमेरका कारण हिमाली क्षेत्रको उकालो बाटो हिँड्न नसक्ने अवस्थाका प्रधानले हिँड्न नसक्दा कसैले बोकेरै मन्दिरमा पु¥याइदिन्छन् भन्ने कल्पनासमेत गरेका थिएनन् । तर जब सवारी साधनबाट ओर्लिएर काफ्लेपाटीमा पुगे तब मान्छे बोक्ने भरिया पहेँलो पोशाकमा देख्दा उनले आफू पनि बोकिएरै मन्दिरमा पुग्ने निधो गरेर युगलको पिठ्यँुमा चढे । उनीमात्रै होइन त्यस्तै हिँड्न नसक्ने वृद्धवृद्धा र बालबालिका पिठ्यँुमा बोकिएर मन्दिरको दर्शन गरी फर्किने गरेका छन् ।

पाथीभरामा अहिले दर्शनार्थीको मात्रै नभई हिँड्न नसक्नेलाई बोकेरै ओहोरदोहोर गराउनेको पनि घुइँचो छ । दशैंको बेला दर्शनार्थीको घुइँचो लाग्ने भएकाले पहँेलो पोशाकसहित स्थानीयहरू दर्शनार्थी बोक्न पाथीभरा क्षेत्रमा खटिएका छन् । उनीहरुले हिँड्न नसक्नेहरुलाई भाडा लिएर बोकेर लाने तथा ल्याउने गर्छन् ।

२ वर्षअघि स्थानीय होटल व्यवसायी र सुरक्षा निकायले छलफल गरी हिँड्न नसक्ने यात्रुलाई बोकेर लान ल्याउने सकिने गरी व्यवस्थापन मिलाएको थियो । जसअनुसार ३० देखि ६० केजी सम्मका लाई ६ हजार, १५ देखि ३० केजी सम्मकालाई ३ हजार र ६० केजी माथिकालाई दुवै पक्षको समझदारीअनुरूप भाडा लिई लाने ल्याउने गरिएको पाथीभरा क्षेत्र विकास समितिका सदस्य इन्द्रनारायण भट्टराईले बताए । उनका अनुसार यो सेवा भरपर्दो र सुरक्षित बनाउन प्रहरी र होटल व्यवसायीले मिलेर निगरानी गर्ने गर्छन् । त्यस्तै, मन्दिर जाँदा र आउँदा फेदीमा रहेको प्रहरी चौकीमा समेत रेकर्ड राखिन्छ ।

पाथीभरा मन्दिर पुग्न सवारी साधनमा काफ्लेपाटीसम्म र त्यहाँदेखि माथी झण्डै ३ घण्टा बढी समय लाग्ने उकालो बाटो हिँड्नुपर्छ । पाथीभरा मन्दिर ३ हजार ७ सय ९४ मिटरको उचाइमा रहेकाले उच्च क्षेत्र अर्थात् (लेक) को उकालो चढ्न बालबालिका र वृद्धवृद्धालाई कठिन हुन्छ । यसरी उकालो चढ्न कठिन हुने वृद्धवृद्धा र बालबालिकालाई बोकेरै पाथीभरा मन्दिरसम्म लाने ल्याउने कार्यका लागि केही वर्ष अघिदेखि नै पाथीभरा मन्दिर क्षेत्रमा भरियाहरू पुग्ने गरेका हुन् । अहिले त्यस क्षेत्रमा झण्डै २ सय बढी भरिया छन् । उनीहरू सबैले नम्बर सहितका पहेँलो पोशाक लगाएका छन् ।

नौरथा लागेसँगै पाथीभरा मन्दिरमा दर्शनार्थीको घुइँचो छ । वर्षका बाह्रै महिनामा दर्शनार्थी पुग्ने पाथीभरामा विशेषगरी दशैँका बेला सबैभन्दा धेरै दर्शनार्थी पुग्ने गरेका छन् । वार्षिक ४ लाख बढी दर्शनार्थी मन्दिरमा आउने गरेको पाथीभरा देवी मन्दिर क्षेत्र संरक्षण तथा सम्बद्र्धन समितिका संरक्षक सदस्य रणबहादुर कार्कीले बताए ।

नेपालका विभिन्न जिल्लाका साथै भारतको सिक्किम, दार्जिलिङ, आसामलगायतका ठाउँबाट समेत दर्शनार्थी आउने गरेका छन् । दर्शनार्थीको सङ्ख्या बढ्दै गएपछि सहज रूपले पूजाआजा गर्नका लागि व्यवस्था मिलाइएको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ । दशैंको समयमा दर्शनार्थीको बाक्लो उपस्थितिलाई मध्यनजर गर्दै मन्दिरमा स्वयम्सेवक परिचालन गरिएको छ । त्यस्तै, तीनै तहका सुरक्षाकर्मीलाई समेत दर्शनार्थीको सुरक्षाका लागि खटाइएको जिल्ला प्रशासन कार्यालयले ताप्लेजुङले जनाएको छ ।