इटहरीः भारतीय राज्य पश्चिम बंगालको दार्जिलिङ जिल्लाको मिरिक नगरपालिकाले धरानका ८५ पदयात्रीहरूलाई भव्य स्वागत गरेको छ ।

धरानबाट यही कार्त्तिक १५ र १६ गते दुई दिन इलामको कन्यामबाट अन्तुमा एक रात होमस्टे बस्दै मेची तरेर पैदलयात्रामा  मिरिक पुगेको धरानको सेवक अभियानका सहभागीहरूलाई नगरपालिकाले भव्य स्वागत गरेको हो ।

सेवक अभियानको ११२ औँ पदयात्राको अवसरमा नेपालको पूर्वी सिमानासँग जोडिएको मिरिक सम्म धराने पदयात्रीहरू नेपाल भ्रमण वर्ष २०२० को निम्तो बाढ्दै पुगेका थिए । मिरिकको होटेल ब्लु ल्वागुन परिसरमा आयोजित एक औपचारिक कार्यक्रममा नगरपालिकाका प्रमुख एलबी राई, मिरिक पर्यटन विभाग प्रमुख सुरज प्रधान, प्रकाशन दधिराम घिमिरे र मिरिक प्रेस क्लबका अध्यक्ष दीप मिलनले नेपाली पदयात्रीहरूलाई भव्य स्वागत गरेका थिए ।

mirik municipality chief LB Rai welcoming Nepali hikers from dharan pradeshportal.com birat anupam

यस्तैगरि, मिरिक प्रेस क्लबको तर्फबाट प्रसिद्ध गाय गङ्गा बरदान, सेवक अभियानका अध्यक्ष राजीव हलवाई र पर्यटन पत्रकार महासङ्घ प्रदेश १ समितिका अध्यक्ष तथा नेपाल भ्रमण वर्ष २०२० को प्रदेश समिति सदस्य विराट अनुपमलाई सम्मान गरिएको थियो ।

स्वागत तथा सम्मान कार्यक्रममा बोल्दै मिरिकका मेयर एलबी राईले नेपालसँग रगतको सम्बन्ध भएको बताए ।  ‘खोला र काँडाको सिमाना भन्दा नेपालसँग मेरो रगतको सम्बन्ध छ र नेपाल दुख्दा मलाइ दुखेको हुन्छ, नेपाल खुसी हुँदा हामी खुसी हुन्छौँ’, नगर प्रमुख राईले भने, ‘नेपालीले विश्वमा कुनै पुरस्कार जित्दा जत्ति नेपाली खुसी हुन्छ त्यत्ति म खुसी हुन्छु ।’

पशुपतिनगर देखी मिरिक सम्म थुप्रै होमस्टेहरु विकास भएको भन्दै नगर प्रमुख राईले नेपाल भारतको पर्यटनमा सहकार्य आवश्यक भएको तर्क गरे ।

कार्यक्रममा गायक गङ्गा बरदानले २०३७ सालमा मिरिक आएपछि लेखेको एक सुन्दर गीत सुनाएका थिए ।

कार्त्तिक १५ गते धरान उपमहानरपालीकाकि कार्यवाहक मेयर मञ्जु भण्डारी, प्रदेश सांसद चन्द्रप्रसाद श्रेष्ठ र सावित्री जोशीले बिदाइ गरेका धराने पदयात्रीहरू कन्याम सम्म गाडीमा आएका थिए । कन्याममा उनीहरुलाय सूर्योदय नगरपालिकाकी उपमेयर दुर्गादेवी भट्टराई तथा प्रदेश सांसद काजिमान कागते लगायतको स्वागत गरेका थिए ।

sewak abhiyaan dharan pradeshportal.com hikers nepal birat anupam