इटहरी : प्रदेश नम्बर एकको उत्कृष्ट पर्यटकिय गन्तब्यका रुपमा चिनिएकोे तालतलैयामा एकै दिन करिब बाह्र हजार पर्यटकले अबलोकन गरेका छन् ।

इटहरी उपमहानगरपालिका वडा नं. २ र ३ को सिमानामा पर्ने यस पर्यटकीय स्थलमा बिभिन्न क्षेत्रबाट हिजो शनिबार सार्वजनिक बिदाको दिन बनभोज तथा घुम्न आएको तालतलैया संरक्षण तथा बिकास समितिका अध्यक्षले बिर बहादुर लिम्बुले बताए ।pradeshportal 2


बिशेष गरी सार्वजनिक बिदा र शनिबारका दिन अत्याधिक रुपमा पर्यटक आउने गरेको छन् । वनभोजकालागि शौचालय, खानेपानी, बिद्युत् सहित सुबिधासम्पन्न फराकिलो ठाउँ,केटाकेटीका लागि चिल्ड्रेन पार्क, आकर्षक रुपले कुदँरे बनाईएका ढुङ्गाका दृष्य, जेटबोट लयायत अन्य रुपले यस क्षेत्रमा पर्यटकको आर्कषण बढेको लिम्बुले बताए ।

pradeshportal 3
तालतलैयामा आन्तरिक तथा बाह्रय पर्यटक बिभिन्न ठाउँबाट सिलिगुडी, झापा, मोरङ, सुनसरी, सिराहा, सप्तरी धनुषा, काठमाडौ, पोखरा लगायतका ठाउँबाट बनभोज तथा घुम्न, अवलोकनका लागि आउने गरेका छन् ।

pradeshportal 4 pradeshportal 5 pradeshportal 8 pradeshportal 7 pradeshportal 9