इटहरी : नेपाल भ्रमण वर्ष २०२० शुरु भएको केही समय भयो, यसका लागि संघीय सरकार, प्रदेश सरकार तथा स्थानीय पालिकाले आ—आफ्नै तरिकाले भ्रमण वर्ष मनाइ रहेका छन् । यस बीचमा भ्रमण वर्ष सफल पार्नकै लागि सरकारको सय गन्तब्यमा परेको तथा ५३० प्रजातिको चराचुरुङ्गी एवंम् संसारकै एक मात्र अर्ना वन्यजन्तु भएको । हरेक दृष्टिकोणले महत्वका साथ हेरिएको, सुनसरी, उदयपुर,र सप्तरी गरी तिन जिल्लाको संगम स्थलमा पर्ने कोशी टप्पु वन्यजन्तु आरक्षण पश्चिम कुसाहामा ‘कोशी पर्यटन महोत्सव’ आगामी माघ १९ गते देखि २९ गते सम्म महोत्सव हुदैछ, यसको आयोजक भने कोशी गाउँपालिका रहेको छ । महोत्सवको तयारी के कसरी भई रहेको छ, भनि कोशी गाउँपालिका अध्यक्ष ऐयुब अन्सारी सगँ छोटो कुराकानी गरेका छौँ ।

महोत्सवको तयारी कसरी गरिरहनु भएको छ ?
कोशी पर्यटनका लागि आयोजकले टेलिभिजन, पत्रपत्रिका, अनलाइन, रोड माइकिङ लगायत विभिन्न सञ्चार माध्यम बाट प्रचारप्रसार गरिरहेको छ । अधिकांश पर्यटक भारतबाट आउने हुनाले हाम्रो एक टोली भारतका बिशिष्ट ब्यक्तिलाई निमन्त्रणा गर्न खटिरहेको छ । महोत्सव लाग्ने ठाउँमा गेट निमार्ण, विभिन्न स्थानमा महिला पुरुषको छुट्टाछुटै शौचालयको निमार्ण भइरहेको छ । स्टल राख्ने ठाउँ निमार्ण गर्ने, पर्यटकलाई स्वच्छ खानेपानीको लागि ट्युवेल निमार्ण गर्ने लगायत अन्य सबै खालका कार्यहरुको तयार गरिरहेका छौँ ।
महोत्सव लगाउनुको मुल उद्देश्य के हो ?
नेपाल भ्रमण वर्ष शुरुलभई सक्यो यस कार्यलाई सरकारले महत्वका साथ लिइ रहेको छ । साथै संघीय सरकारको बिस लाख पर्यटक भित्राउने तथा प्रदेश नंम्बर एक सरकारको पाँच लाख पर्यटक योजना रहेको छ । त्यस योजनालाई सफल पार्न स्थानीय तहको पनि महत्वपूर्ण भुमिका रहेको हुन्छ । त्यसका साथै कोशी टप्पु जस्तो यति उच्च सम्मान पाएको पर्यटकीय क्षेत्रको प्रचारप्रसार यो समयमा नगरे कहिले गर्ने र हामीले नगरे कस्ले गर्ने भन्ने उद्देश्यले महोत्सवको आयोजना गरेका छौँ ।
यस महोत्सवको बिशेषता के के छन् ?
अर्गानिक रुपमा त्यस ठाउँमा उम्रिएको एक पानीको मुहान छ । त्यस पानी फरक ठाउँमा फरक देखिन्छ । काँही बाक्लो जस्तो, काँही धमिलो भएजस्तो देखिने हामीले प्रयोग गर्ने पानी भन्दा आकाश पातालको फरक पानी भएकाले सबैको ध्यान त्यतै केन्द्रित हुनेछ । संसारमा कतै पनि नदेखिएको फिसिङ क्याट यो भनेको माछा खाने बिरालो भन्छ यसलाई अर्काे नाम ‘उदुत’ पनि भन्ने गरेको पाइन्छ तर त्यो माछा खाएको हेर्न चाहिँ बिहानको समयमा देख्न सकिन्छ । अर्काे जल यात्रा सप्तकोशीमा जुन बोटिङ गरिन्छ त्यहि बोटिङ यस ठाउँमा हुनाले मज्जा लिन सकिन्छ । अर्काे चाहिँ हात्ती सफारी पहिला पहिला हात्ती सफारी गर्नका लागि चितवनको सौरहा पुग्नु पर्थ्यो भने अब कोशी टप्पुमा सबैले हात्ती सफारी गर्न पाईनेछ । संसारको एक मात्र अर्ना पाइने ठाउँ हो कोशी टप्पु तर त्यहाँ यस अघि जङ्गगत सफारी गरेर अर्ना हेर्ने ब्यबस्था थिएन अब यो मेलाबाट त्यो पनि ब्यबस्था गरेका छौँ यसका साथै विभिन्न जातीका झाकीँ तथा कुस्ति प्रतियोगिता पनि यस महोत्सवको बिशेषता हो ।

महोत्सव सम्पन्न गर्नको निम्ति आर्थिक पाटो महत्वपुर्ण हुन्छ, पालिका एक्लैको लगानी छ वा अरुको पनि सहयोग रहने छ ?
आफैं आयोजक भएपछि अरु भन्दा धेरै भार गाउँपालिकालाई परि हाल्छ, यति ठुलो महोत्सव यो सबैको साझा सम्पति भएकोले सबैको सहयोग जरुरी छ । महोत्सव सम्पन्न गराउनको लागि कुल बजेट अनुमान पच्पन्न लाखको खाका तयार गरेका छौं । त्यसमध्ये आर्थिक श्रोतहरुको अपेक्षित अनुमान प्रदेश एक सरकारबाट बिस लाख,संघीय तथा प्रदेश सासंदबाट प्रस्तुत हुने सहयोग तीन लाख, कोशी गाउँपालिकाबाट दश लाख पचास हजार,सुनसरीका बिभिन्न पालिकाबाट दश लाख, कोशी टप्पु आरक्षबाट एक लाख, नेपाल पर्यटन बोर्डबाट दुई लाख पचास हजार, राष्ट्रिय खेलकुद परिषदबाट पाँच लाख, सरकारी तथा गैरसरकारी सघं सस्थाबाट एक लाख पचास हजार, निजि क्षेत्रबाट प्राप्त हुने एक लाख र स्टल सञ्चालनबाट पचास हजार गरी जम्मा पच्पन्न लाखको लगानी आयोजकको छ ।
कति पर्यटक आउने आशा राख्नु भएको छ ?
कोशी टप्पुमा महोत्सव आयोजना हुदैँ छ, यो महोत्सव भित्रमा आन्तरिक तथा बाह्रय पर्यटक गरी पचास हजार साथै भ्रमण बर्ष भित्रमा पचास हजार गरी जम्मा एक लाख पर्यटक यस कोशी टप्पुमा भित्राउने आशा गरेका छौं ।
अन्त्यमा मैले सोध्न छुटाएका वा तपाईको मनमा लागेका केही विषय भए जानकारी गराई दिनु न
कोशी टप्पु भनेको कोशी गाउँपालिकाको मात्रै हैन सारा नेपालीको खुसी जोडिएको एक मात्र ठुलो क्षेत्रमा फैलिएको पर्यटकिय क्षेत्र हो । नेपाल भ्रमण वर्ष २०२० शुरु भइसक्यो यसको सफलतामा पुग्नु हरेक नेपालीको दायित्व पनि हो यस कारण यो महोत्सव भरि आफनो क्षेत्रबाट गर्ने सहयोग गरी यस महोत्सवको अवलोकन गरि दिनु हुन आन्तरिक तथा बाह्रय आमा बुवा दाजुभाई दिदिबहिनीमा बिनम्रता पुर्वक अनुरोध गर्दछु ।