प्रेमको गुलाफ

  • फाल्गुन २, २०७६
  • २४० पटक पढिएको
  • मिश्रा गुरुङ
alt

सम्राट क्लाउडियस, 

तिम्रो बिषालु आत्माको संकिर्ण च्याम्बरबाट
उब्जेको कसाइले
झुण्डाएर जसरी मार्यो
सेन्ट भ्यालेन्टाइन
भलै घुट घुट मर्यो ,अनन्त प्रेमको एउटा पुजारी
तर उस्को रक्तबिजहरुले जन्मायो
हजारौं मौलाना प्रेमका युगल समवेतहरु
कुट कुट भरियो तिनमा प्रेमका प्रस्तरहरु
तिमिले सोच्यौ होला
तिम्रो बर्बरताको अधिराज्यमा
त्रस्त त्रस्त र भयक्रान्त हुनेछन् सबै
बिलिन भएर जानेछ समवर्ती आत्माहरु
किनारबाटै उठ्नेछ चरम क्रुरताको आँधि
र निमोठिने छ प्रेमका तमाम पालुवाहरु

सम्राट क्वाउडियस,
कायरताको प्रतिबिम्व होइन सेन्ट भ्यालेन्टाइन
उ त अमर प्रेमको एक आदिम चिराग हो
जो यो ब्रम्हाण्ड रहेसम्म बलिरहनेछ
प्रत्येक प्रेमिल आत्माहरुमा

तिमिले ठान्यौ होला
लडाकु छातीमा उम्रिनु हुदैन प्रेमको बिउ
युद्धको मैदानमा मौलाउनु हुदैन
प्रेमको अंकुरण
तिमिलाई के थाहा
प्रेम जीवनको अमृत हो भन्ने
जस्को पानले जिवित छ समग्र सृष्टि

संवेदनाबिहिन कुटिल हृदयले बिषाद भन्दा पर
सोच्न पो के सकोस्
तर तिम्रो अधिराज्यको सिमाना भन्दा
करडौं मिल फराकिलो हुन्छ प्रेमको साम्राज्य
जाँहा हजारौं सेन्ट भ्यालेन्टाइनहरु
बलिदानको लागी तयार हुनेछन्
अपसोच,
आज भोली साप्ताहिक प्रेमको पछाडी
जोडिन थालेको छ भ्यालेन्टाइनको नाम
धुमिल हुदैछ प्रेमको परिभाषा
हठात् मुर्झाउदैछ प्रेमको गुलाफ ।

 

प्रतिक्रिया दिनुहोस

बिशिष्ठ योगदान गर्ने ...

इटहरीः होटल व्यवसायी संघ इटहरीले आफ्नो संघलाई अहोरात्र खटेर मजबुद बनाउन योगदान पुर्याउने ५ जना होटल ...

नेपाली युवाहरुको व् ...

इटहरीः झापामा डेढ अर्ब लगानीमा निर्माण भएको प्रदेश नम्बर १ कोे पहिलो पाँचतारे होटल मेची क्राउन आउदो ...

२२ औं बुढासुब्बा टुब ...

सुनसरीः मोफसलकै प्रतिष्ठित अन्तराष्ट्रिय आमन्त्रण बुढासुब्बा टुबोर्ग गोल्डकपको दोस्रो दिनको खेलमा वि ...

इष्ट टुरिजम इभेन्ट म्यानेजमेन्ट एण्ड मिडिया प्रालिद्धारा प्रकाशित

प्रदेश पोर्टल डटकम

इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

  • कम्पनी दर्ता नं. १९४७९७/०७५/०७६
  • स्थायी लेखा नं. ६०६६४३६५८
  • सूचना विभाग दर्ता नं. ९३०/०७५–०७६
  • प्रेस काउन्सिल दर्ता नं. १७१/०७५–०७६
  • फोन नं.: +९७७ २५ ५८२६९०
  • मोबाइल नं.: +९७७ ९८४२०३७४०२
  • इमेल: [email protected]
  • प्रधान सम्पादक: राजेश विद्रोही
  • महाप्रबन्धकः बद्री भिखारी
  • प्रबन्धकः देवान किराती
  • प्रबन्ध सम्पादकः प्रेमप्रसाद बास्तोला
  • डेस्क सम्पादकः खेमचन्द्र अधिकारी
  • अंग्रेजी डेस्क प्रमुखः विराट अनुपम
  • मार्केटिङ प्रमुखः प्रकाश तिम्सिना
  •   (९८६२१२०९७१)
  • संवाददाताः कविराज घिमिरे (धनकुटा)
  •   नमिन ढकाल(इलाम)
  •   बाबुराम वास्ताेला (संखुवासभा)
  • फाेटाे पत्रकारः गुरू ढकाल, वुलेट खतिवडा
  • स्वास्थ्य पृष्ठ संयोजकःडा. सुर्यबहादुर पराजुली (एमडी)
  • लोकसेवा पृष्ठ संयोजकः अनिल पोख्रेल (नायब सुब्बा)

Copyright © 2018 / 2020 - pradeshportal.com All rights reserved