अधिकार प्राप्तिमा सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण छः उर्जा मन्त्री पुन

  • फाल्गुन ९, २०७६
  • १२६ पटक पढिएको
  • प्रदेश पोर्टल
alt


विराटनगरः सङ्घीय सरकारका ऊर्जा, जलस्रोत तथा सिँचाइ्मन्त्री वर्षमान पुनले मुलुकमा समृद्धि र नेपाली जनताको अधिकार प्राप्तिमा सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण रहेको बताएका छन् । पूर्वेली जनसञ्चार सहकारी संस्था लिमिटेडद्वारा प्रकाशित जनविद्रोहको परिवर्तित नाम ‘हाम्रो मत तथा हाम्रो मत अनलाईन’ को सुक्रबार विराटनगरमा सार्वजनिकीकरण गर्दै उनले हाम्रो मत पत्रिका आवाजविहीनहरुको आवाज बन्न सकोस् शुभकामना दिए ।

मन्त्री पुनले कार्यपालिका, न्यायपालिका र व्यवस्थापिकालाई सन्तुलनमा राख्ने सञ्चारमाध्यम आलोचनात्मक हुनुपर्ने भन्दै मुलुकमा आर्थिक र सामाजिक रुपान्तरण गर्न पत्रपत्रिकाले आफ्नो भूमिका निर्वाह गर्दै आएको स्पष्ट पारे । उनले जनताका आवाजलाई एकीकृत गरी पत्रिकाको माध्यमबाट पुनःजनतामाझामा नै लाने सञ्चार माध्यमले अब जनताको नयाँ भावना, आकाङ्क्षालाई बोक्नुपर्ने सुझाव दिए । मुलुकमा स्थिरता कायम राख्न र नेपाली जनताको लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थालाई बलियो बनाउन सञ्चार माध्यमको भूमिका अझ फराकिलो हुनुपर्ने भन्दै मन्त्री पुनले सञ्चारमाध्यम पनि समयअनुकुल आफूलाई सुधार र परिस्कृत गर्दै लैजानुपर्नेमा जोड दिए ।

प्रदेश नं–१ का मुख्यमन्त्री शेरधन राईले राष्ट्रको लक्ष्य र आकाङ्क्षलाई पूरा गराउन तथा विकास र समृद्धिको यात्रामा आफूलाई ठोस् ढङ्गले जोड्न सुझाव दिँदै पत्रपत्रिकामा नकारात्मक मात्र होइन सकारात्मक कुरालाई पनि प्राथमिकता दिनुपर्ने बताए । नेपाली काँग्रेस प्रदेश नं–१ संसदीय दलका नेता राजीव कोइरालाले सञ्चारमाध्यम जनताको मौलिक हक र अधिकारलाई स्थापना गराउन क्रियाशील रहनुपर्ने बताए । समाजवादी पार्टी नेपालका केन्द्रीय सदस्य एवं प्रदेशसभा सदस्य जयराम यादवले समाजमा सचेतना फैलाउन सञ्चार माध्यमको भूमिका प्रशंसनीय छ भने । विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले नयाँ प्रारुपमा आएको यो पत्रिकाले जनताको समस्यालाई उठान गर्न सफलता मिलोस् भन्ने शुभकामना दिए । नेपाल पत्रकार महासङ्घ प्रदेश नंं–१ समितिका अध्यक्ष विक्रम लुइँटेलले प्रेस कानून पत्रकारमैत्री बन्नुपर्ने धारणा राखे । मोरङ व्यापार सङ्घका अध्यक्ष प्रकाश मुन्दडा र उद्योग सङ्गठन मोरङका अध्यक्ष भीम घिमिरे र आयोजकका अध्यक्ष नवलप्रसाद उपाध्यायले हाम्रो मत पत्रिकाले सधँै नेपाली जनताको मन जित्न सफल हुने विचार राखे।

विस २०६१ वैशाख छ गते जनविद्रोह साप्ताहिकबाट शुरु भएको यो पत्रिका अहिले हाम्रो मतमा रुपान्तरण भएको र यसमा लामो समयदेखि योगदान पु¥याउनु भएका पत्रकार, सम्पादक, संस्थापक र सञ्चारकर्मी शिवकुमार डाँगी, गणेश उप्रेती, नवराज कट्टेल, विनोद घिमिरे, विमल लामिछाने, राजन केडी र रासस सञ्चालक समितिका सदस्य एवं जनविद्रोहका पूर्व समाचारदाता दयाराम दाहाललाई सम्मान गरिएको थियो ।

87077159_10212895971954648_9179471123127992320_o

 

प्रतिक्रिया दिनुहोस

तरुण सभापति सिजनको प ...

इटहरीः बेलायतका रहेका तरुण दल सुनसरीका सभापति सिजन गुरुङको पहलमा त्यहाँ रहेका नेपालीहरुबाट संकलित रा ...

लकडाउनले विचल्लीमा प ...

काँकरभिट्टाः  लकडाउनका कारण विचल्लीमा परेका यात्रुहरुलाई होटल व्यवसायी संघ मेचीनगरले भोली( सुक् ...

कोरोना भाइरस, कोशीन ...

इटहरीः कोरोना भाइरस( कोभिड १९ ) को संक्रमणले विश्व नै आक्रान्त बनेको छ । यो भाइरसको संक्रमणबाट नेपाल ...

इष्ट टुरिजम इभेन्ट म्यानेजमेन्ट एण्ड मिडिया प्रालिद्धारा प्रकाशित

प्रदेश पोर्टल डटकम

इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

  • कम्पनी दर्ता नं. १९४७९७/०७५/०७६
  • स्थायी लेखा नं. ६०६६४३६५८
  • सूचना विभाग दर्ता नं. ९३०/०७५–०७६
  • प्रेस काउन्सिल दर्ता नं. १७१/०७५–०७६
  • फोन नं.: +९७७ २५ ५८२६९०
  • मोबाइल नं.: +९७७ ९८४२०३७४०२
  • इमेल: [email protected]
  • प्रधान सम्पादक: राजेश विद्रोही
  • महाप्रबन्धकः बद्री भिखारी
  • प्रबन्धकः देवान किराती
  • प्रबन्ध सम्पादकः प्रेमप्रसाद बास्तोला
  • डेस्क सम्पादकः खेमचन्द्र अधिकारी
  • अंग्रेजी डेस्क प्रमुखः विराट अनुपम
  • मार्केटिङ प्रमुखः प्रकाश तिम्सिना
  •   (९८६२१२०९७१)
  • संवाददाताः कविराज घिमिरे (धनकुटा)
  •   नमिन ढकाल(इलाम)
  •   बाबुराम वास्ताेला (संखुवासभा)
  • फाेटाे पत्रकारः गुरू ढकाल, वुलेट खतिवडा
  • स्वास्थ्य पृष्ठ संयोजकःडा. सुर्यबहादुर पराजुली (एमडी)
  • लोकसेवा पृष्ठ संयोजकः अनिल पोख्रेल (नायब सुब्बा)

Copyright © 2018 / 2020 - pradeshportal.com All rights reserved