इटहरीः प्रदेश नम्बर एकको प्रमुख पर्यटकिय गन्तव्य भेडेटारको जंगलमा आइतवार दिउँसो करिब २ बजेबाट शुरु भएको आँगलागी करिब १५ घण्टाको प्रयासमा अझै नियन्त्रण हुन सकेन् । जंगलमा आँगो सल्केको १ घण्टापछि अर्थात दिउँसो ३ बजे भेडेटारबासीले चाल पाउन साथ नियन्त्रणका लागि सुरक्षाकर्मी र स्थानीय आँगो लागेको स्थानतर्फ खटिएका थिए । भौगोलिक विकटाका कारण पानीले आँगो नियन्त्रण गर्न नसकेपनि जंगलकै हरियो सेउला र अग्निरेखा (फायर लाइन) कोरेर नियन्त्रण प्रयास थालिएको करिब १५ घण्टा समय वित्दा पनि आँगो नियन्त्रणमा आउन नसकेको आँगो नियन्त्रणमा खटिएका होटल एशोशिएसन भेडेटारका अध्यक्ष जितेन्द्र रुम्दाली राईले बताए ।
आइतवार साँझ ६ बजेसम्म आँगो नियन्त्रणका लागि खटिएपनि नियन्त्रण गर्न सकेपछि सोमबार बिहान ८ बजेबाट नेपाल प्रहरी, शसस्त्र प्रहरी,, नेपाली सेना र स्थानीयबासी सहितको करिब ६० जनाको टोलीले लगातार १० घण्टा समय खर्चेर आँगो नियन्त्रण प्रयास गरेपनि सफल हुन नसकेको राईले बताए । उनका अनुसार आँगो साँगुरीगढी गाँउपालिका वडा नम्बर ६ भेडेटार नजिकको पाथीभरा मन्दिर हुदै बजार क्षेत्र प्रवेश गर्ने अवस्थामा रहेको थियो । तर, सोमबारको प्रयासले अग्निरेखा कोरेर आँगो नियन्त्रण गर्दा भेडेटारको मन्दिर र बजारक्षेत्र आउन नदिने बनाएको उनले बताए । हावाहुरी चल्नुका साथै जंगलका सुकेका खरबारीका साथै पातपंतिगर भएकाले रातको समयमा ढुक्क भएर सुत्ने अवस्था चाँही नरहेको राईले बताए ।

91853886_526463464927790_1663195505208852480_n
आँगो जंगलको चारैतीरबाट फैलिएकाले बजार क्षेत्रमा प्रवेश गर्ने खतरा पूर्ण रुपमा नटरेको उनले बताए । उनका अनुसार साँघुरीगढीकै धरापानीतर्फको गाँउतिर आँगो फैलने खतरा उत्तिकै बढेको छ । आँगो भेडेटार बजार र अन्य बस्ती तिर फैलन नदिनका लागि रातभरी प्रहरी सचेत र सजग रहेको भेडेटार प्रहरी चौकीका इन्चार्ज प्रहरी नायव निरीक्षक यदुकुमार खड्काले बताए । उनले आँगो निभाउनका लागि गरिएको १८ घण्टाको अथक प्रयास सफल नभएको बताए । उनका अनुसार भोलि अर्थात मंगलवार पनि बिहानैबाट स्थानीय सहितको टोली आँगलागी क्षेत्रतर्फ खटिने बताए । आँगो पूर्ण रुपमा नियन्त्रणमा नआएसमम निरन्तर खटिने उनको भनाई छ । जंगलमा आँगो कुनै फटाहा व्यक्तिले सल्काएको हुन सक्ने उनले बताए । आँगो नियन्त्रण प्रयाससंगै आँगो के कसरी लाग्यो भन्ने बिषयमा पनि प्रहरीले अनुसन्धान गरिरहेको उनको भनाई छ ।

92159797_261805184825422_6352038059898306560_n